बिपिमा बिमा बापतको सेवा चैत १५ गतेदेखि अनिश्चित समयका लागि स्थगन हुने

धरान । बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान चैत १५ गतेदेखि बहिरङ,आकस्मिक अन्तरङ सेवामा दिदै आएको बिमा सेवा अनिश्चित समयका लागि स्थगन हुने जनाएको छ ।

प्रतिष्ठानले बुधबार सुचना जारी गर्दै स्वास्थ्य सेवा दिए वापत दावी गरेअनुसारको सम्पूर्ण रकम शोधभनां उपलब्ध गराउन लगायत स्वास्थ्य वीमाको कार्यक्रम संचालन गर्दा देखिएका प्राविधिक तथा अन्य समस्याहरूको सहजिकरण गर्न विभिन्न समयमा स्वास्थ्य बीमा बोर्ड लगायत अन्य सरोकारवालालाई पटक-पटक लिखित अनुरोध गर्दा पनि हालसम्म समस्याहरूको समाधान हुन नसक्दा प्रतिष्ठान आर्थिक संकटबाट गुजिरहेको छ,जनाएको छ ।

नेपाल सरकार, स्वास्थ्य बीमा बोर्डबाट बीमा गरेका विमितहरूलाई प्रतिष्ठानले २०७४ श्रावण महिनादेखि गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको उल्लेख छ ।प्रतिष्ठानले पुयाएको सेवा वापत प्राप्त गर्नुपर्ने रकम समयमा नै प्राप्त हुन नसक्दा शिक्षक तथा कर्मचारीहरूको नियमित पारिश्रमिक लगायत दैनिक संचालन खर्चमा समेत प्रतिकुल प्रभाव पर्नगएको जनाएको छ ।

सुचनामा प्रतिष्ठान एक अविच्छिन्न उत्तराधिकारवाला एवं स्वशासित संस्था भएकोले यसले आफ्नो व्ययभार आफै ब्यहोनुपर्ने व्यहोरा जानकारीका लागि अनुरोध छ उल्लेख छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !