डेबिड खेवा काठमाडौबाट दौडेर धरान आइपुग्यो

 धावक डेबिड खेवाको भिडियो                     

चैत ४, धरान । काठमाडौदेखि धनकुटासम्मको पाँच सय किलोमीटर एकल म्याराथन दौडको लक्ष्य लिएर दौडेर शुक्रवार धरान आईपुगेको छ ।

गत फागुन ३० गते बिहान काठमाडौको दशरथ रंगशालाबाट दौडेको डेबिडले शुक्रबार आईपुग्दा ५१ घन्टा ३७ मिनेट दौडिएको बताए । शुक्रवार सप्तरीको कंचनपुरबाट धरानसम्म ७८ किलोमीटर दौडेर आइपुगेको छ ।

धरानमा जनता समाजवादी पार्टीले तिनकुनेबाट साथ दिएर भानुचोकसम्म ल्याएका थिए । भानुचोकमा डेबिड खेवालाई केन्द्रिय सदस्य जेन्टल लावती,दिपक मेन्याङ्बो, सुमन चेम्जोङ,सीता राई,विद्यार्थी नेता सागर चेम्जोङ,शशी बिस्वकर्मा लगायतले खादा लगाएर सम्मान गरेका थिए ।

खेवालाई धरान रनले एक समूह सहयोगी इटहरीसम्म पठाएका थिए । धरान रनका रमु राईले उनलाई भानुचोकमा स्वागत गरेका थिए ।

आजको लक्ष्य भेडेटारसम्मको थियो खेवाले भने तर बिचमा पुग्न नसके ब्यबस्थित नभएकोले धरानमै बसेको बताए । उनले यस दौडमा प्रेरणाको श्रोतको रुपमा आफ्ना श्रीमती कमलकुमारी लिम्बू,१३ वर्षे छोरो सार्जन खेवा लिम्बू सहित इष्टमित्रहरू देश बिदेशबाट साथ सहयोग भएको बताए । यस दौडको लागि युमा साम्यो महासभा युके समिति मुख्य प्रायोजक रहेको बताए । त्यसैगरी छथरजोरपाटी गाउँपालिकाले सहयोग रहेको बताए । त्यसैगरी नेपाली समाज बहराइन,नेपाली समाज जापान, रहेको छ।

शनिवार बिहान उनको दौड धरानबाट धनकुटाको ५२ किलोमीटर रहेको छ । उनले यस अघि नै धनकुटाबाट धरानसम्म ५ घन्टामा पार गरेर रेकर्ड बनाईसकेको छ ।

समाजवादी खेलकुद महासंघ केन्द्रको समन्वय तथा ब्याबस्थापनमा र शनिबारको समापन धनकुटा जिल्ला एथलेटिक्स संघको अध्यक्ष किरण प्रधानको संयोजकत्वमा तयारी रहेको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !