छैठौ टुबोर्ग हराईजन राष्ट्रिय बास्केटबल रनिङ कप चैत ५ गतेदेखि धरानमा हुने

बब सुनुवार (प्रशिक्षार्थी पत्रकार)
चैत १,धरान। छैठो हराईजन राष्ट्रिय बास्केटबल रनिङ कप प्रतियोगिता यहि चैत ५ गतेदेखि धरानमा हुनेभएको छ ।

प्रतियोगिताबारे मंगलबार नेपाल पत्रकार महासंघ धरानको कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । धरान उपमहानगर वडा नम्बर १७ मा हुने प्रतियोगिताको फाइनल चैत ११ गते हुनेछ । हरेक साल धरान उपमहानगरपालिकाको संयोजनमा गरीने बास्केटबल प्रतियोगिताको मुख्य प्रायोजक प्रयोजक गोर्खा बु्रअरि प्रा. लि. (टुबोर्ग बियर) र सह प्रयोजक धरान उपमहानगर १७ नम्बर वडा कार्यलय,हङकङ र युके समाज रहने कुरा पत्रकार सम्मेलनमा जानकारी दिए । त्यसैगरी सयोगि संस्थाहरु नेपाल बास्केटबल संघ सुनसरी,कोइच क्याफे धरान,सेण्ट जोसेफ ईङ्लिस बार्डिङ स्कूल धरान, मेहर कलेक्सन रहेका छन ।

“स्वास्थ्य लागि, शिक्षाको लागि र राष्ट्रको लागि खेलकुद” भन्ने नाराको साथ खेलाडीहरुले खेलकौसल र प्रतिभाहरु प्रस्ततु गर्ने अवसर सृजना गरेको कुरा आयोजकले जनाएको छ । प्रतियोगितामा हराईजन क्लब धरान, त्रिभुवन आर्मी क्लब, जिल्ला बास्केटबल क्लब रुपन्देही, विर्तामोड बास्केटबल क्लब झापा , बिराटनगर बास्केटबल एकेडेमी मोरङ, ब्रदर्स क्लब धरान, रोयल बास्केटबल एकेडेमी काठमाण्डौ, टाईमस बास्केटबल क्लब काठमाण्डौ जम्मा आठ टिम सहभागि हुने जनाएको छ ।

यसपटकदेखी भने प्रतियोगितामा पुरस्कार वृद्धि गरेको बताए । बिजेताले प्रथम पुरस्कार नगद एक लाख ११ हजार १११ रुपैया, दोस्रो पुरस्कार नगद ५५ हजार ५५५ रुपैया ट्रफि, मेडल, प्रमाणपत्र रहेको छ । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी नगद ११ हजार रुपैया, उदयमान खेलाडि, म्यान अफ द म्याचको लागि नगद ५ हजार साथै ट्रफि, मेडल र प्रमाणपत्र रहेको जनाएको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !