डेबिड खेवा र मेघराज राई काठमाडौबाट दौडियो

आगुन ३०,धरान ।   ” सबैको लागि खेलकुद हाम्रो अभियान, सम्मुन्नत संघीय समाजवाद राष्ट्रको पहिचान” भन्ने मुख्य नाराका साथ डेबिड खेवा लिम्बू र मेघराज राई काठमाडौबाट आज बिहान ८ बजेदेखि दौडिएको छ ।

एकल म्याराथुनको रुपमा डेबिटले काठमाडौबाट धनकुटासम्म दौडिने र मेघराज राईले दमकसम्म दौडिने कुरा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य जेन्टल लावतिले जानकारी दिए । धावक द्वयलाई अन्तर्राष्ट्रिय म्याराथन धावक बैकुण्ठ मानन्धर र मिरा राईले काठमाडौ दशरथ रंगशालाबाट बिदाई गरेका हुन ।

धावक दुईजनाले दैनिक ८० देखि १०० किलोमीटर दौडिनेछ । एकल म्याराथन जनता समाजबादी पार्टि खेलकुद युवा संघद्वारा आयोजना गरिएको हो । काठमाण्डौदेखि दमक सम्म धावक मेघराज राई तथा काठमाण्डौ देखि धनकुटा सम्म डेबिट खेवा लिम्बुद्वारा करिब ६ सय किलोमीटर ५ दिन भित्रमा सम्पन्न गरिने लक्ष रहेको छ ।

डेबिड खेवाको लागि यहि चैत ५ गते धनकुटा जिल्ला एथलेटिक्स अध्यक्ष किरण प्रधानको संयोजकत्वमा स्वागत समापन तयारी रहेको छ ।धावक डेबिड खेवाले भए -`आफ्नो जिल्ला , प्रदेश , रास्ट्र खेलकुद, खेलकुदप्रेमी  को जहिले पनि शिर  उच्च राख्ने कोसिस गर्नेछु ।´

डेबिड खेवाले बिदेशमा समेत म्याराथन दौडमा भाग लिई सफलता हाँसिल गरिसकेकेका छन भने केही वर्ष अघि मात्र धनकुटादेखि धरान ५२  किलोमीटर एकल म्याराथन दौडिसकेका छन ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !