बब सुनुवार(प्रशिक्षार्थी पत्रकार) धरान । आगामी चैत १५ देखी १९ गतेसम्म धरान मेघा रेबाहाङ मेमोरियल अन्तरविद्यालय बास्केटबल प्रतियोगिता धरानमा आयोजना हुने भएको छ ।
प्रतियोगिताबारे आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । आयोजना धरान बास्केटबल संघले गरिने कुरा पत्रकार सम्मेलन जानकारी दिएको छ । प्रतियोगितालाई सुनसरी फुटबल संघको संयोजन तथा धरान उपमहानगर १२ नम्बर वडा कार्यालय सहयोगि रहनेछ ।
कक्षा १० मा अध्ययनरत उदयमान खेलाडी रेवाहाङ राईको असामयिक निधनपछी उनको सम्मानमा स्थापना गरिएको हो । जसका लागि धरान मेघा हिमालयन र धरान बास्केटबल संघको सहकार्यमा अबिभावकद्वारा२ लाख रुपैया अक्षयकोष स्थापना भएको हो ।
प्रतियोगितामा धरान उपमहानगर र जिल्ला भित्रबाट १२ वटा टिमको सहभागी हुनेछ। एक टिममा ६ जना रहनेछ । प्रतियोगिताको लागि कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थी १९ वर्षसम्म्को हुनुपर्नेछ ।
प्रतियोगितामा प्रथम पुरस्कार नगद १५ हजार, दोस्रो पुरस्कार नगद ६ हजार ५ सय रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र साथै उत्कृष्ट खेलाडी नगद १ हजार ५ सय, उत्कृष्ट स्कोर नगद १ हजार, थ्री पोइन्ट कम्पिटिसन पुरस्कार नगद २ हजार , उदीयमान खेलाडि कफि पव एण्ड रेष्ट्रो फुड भौचर, ट्रफि र प्रमाणपत्र दिने जनाएको छ ।
Discussion about this post