धरान । संखुवासभा जिल्ला शिङ्सा क्षेत्र भोटखोला वडा नम्बर ४ सिप्रुङका एक वृद्धलाई वृद्ध भत्ता दिलाईदिने भन्दै करिब २५ रोपनी जग्गा किर्ते गरेको आरोपमा वडा अध्यक्ष किन्साङ भोटे सहितलाई पक्राउ गरिएको छ ।
आफ्नो वृद्ध दिदि ७० वर्षको भिममाया तामाङको जग्गा किर्ते गरेको भन्दै उजुरी दिएपछि पक्राउ गरिएको कुरा पिडित पक्षका भाइ सुरेन्द्र तामाङले जानकारी दिए । उनले अपर अरुण निर्माणस्थल नजिक रहेको सिप्रुङकोमा पर्ने जग्गा आफ्नो दिदिकोबाट अरुले नामसारी गरेको बताए । वडा अध्यक्ष सहित अन्य कोको पक्राउ परेको भन्ने बारे सुरेन्द्र तामङलाई बुझ्दा सबैको नाम थाहा नभएको बताए ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय खाँदबारीमा बुझ्दा पक्राउ परेका सबैलाई शनिवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने कुरा डिएसपी लालध्वज सुबेदिले जानकारी दिए ।
पक्राउ परेका भोटखोला वडा नम्बर ४ का वडा अध्यक्ष किन्साङ भोटे नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन ।
Discussion about this post