बब सुनुवार (प्रशिक्षार्थी पत्रकार) धरान । धरान उपमहानगरपालिकाका खेलकुद बिकास समिति अध्यक्ष सुबास राईको स्मृतिमा खेलाईने सुपर ८ फुटबल प्रतिस्पर्धा फागुन २८ गतेदेखि हुने भएको छ ।
प्रतियोगिताबारे धरानमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । धरान उपमहानगरपालिका खेलकुद बिकास समितिको नायोजनामा हुन लागेको उक्त प्रतिस्पर्धा चैत १२ गते सम्पन्न हुनेछ ।
धरान १६ स्थित रंगशालामा हुने सो प्रतिस्पर्धा व्यवस्थापनमा धरान भेट्रान फूटबल क्लब, धरान मुख्य प्रायोजक टुबोर्ग बियर रहेको जानकारी दिए ।खेलको प्रथम पुरुस्कार नगद दुई लाख र उपबिजेताले नगद एक लाख रुपैया प्राप्त गरिने बताए । त्यसैगरी बेस्ट किपर, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्ड, बेस्ट फरवार्ड, बेस्ट प्रशिक्षक सर्वाधिक गोलकर्तालाई ५ हजार रुपैया दिने जनाएको छ । खेलमा प्लेयर अफ द टुर्नामेन्ट रु. १० हजार रहेको छ भने प्रत्येक खेलको म्यान अफ द म्याचको लागि दुई हजार पाँच सय रहेको जनाएको छ ।
प्रतियोगितामा धरान उपमहानगरपालिका वडा नं. ८, ११, १३, १४, १५, १६, १८, र १९ को सहभागी रहनेछ ।
Discussion about this post