मैत्रीपुर्ण खेल बराबरी, कृष्ण भट्ट्चन भन्छ आदिवासीले आत्मघाती गोल मात्र गरिरहेका छन

  1.               https://youtu.be/1sjuZ_GLRmU                                                                                                               खेलको भिडियो                                         

फागुन २५,धरान । जनता समाजवादी लिम्बुवान फुटबल क्लब र आदिवासी फुटबल क्लबबिच भएको मैत्रीपुर्ण खेल एक एक गोलको बराबरीमा सम्पन्न भएको छ ।

धरानको एन्फा रंगशालामा बुधबार भएको खेलमा दुबै तर्फबाट एक एक गोल भएका थिए । लिम्बुवान फुटबल क्लबको तर्फबाट भाईचुङ लिम्बुले एक गोल गरे भने आदिवासी फुटबल क्लबबाट मिक्मा योल्मोले गोल गरेका थिए ।

स्वास्थ्यको लागि,मैत्रीपुर्ण सम्बन्धको लागि, सामुहिक कार्य प्रणालीको विकासको लागि, जिवनमा खेलको महत्त्व छ भन्ने सन्देश प्रभाव गर्नको लागि मैत्रीपुर्ण खेल भएको हो ।

खेल समापनपछी डा. कृष्ण भट्टचनले खेल खेल्नको उद्देश्य आदिवासीको स्वायत्तता लिम्बुवान प्राप्तिको लागि भएको बताए । स्वायत्तता सहितको आत्मनिर्णयको अधिकारयुक्त लिम्बुवान लागि भएको बताए । आदिवासीको खेल फुटबल नभए पनि खेलमार्फत एकताको सन्देशको लागि २०१२ सालमा आदिवासी फुटबल क्लब स्थापना भएको बताए । त्यो लिम्बुवान जमिन सहित प्राकृतिक श्रोतसाधनमाथिको अधिकार र प्रथाजनित स्वशासन पद्धति सहितको हुनुपर्ने बताए ।

डा. भट्टचनले बार्सिलोना क्लबको उदाहरण दिदै बार्सिलोना क्याटामिनाको स्वायत्तताको लागि भएको बताए । अर्को खेल एथलेटिक्सबिलबाओ स्पेनको भास्क स्वायत्तताको लागि भएको बताए । भास्कमा एथलेटिक्सको लागि बाहिरी खेलाडी समेत नहुने बताए । त्यही भएर आदिवासी फुटबल क्लबमा पनि गैर आदिवासी समाबेश नभएको बताए ।

आदिवासीको आत्मनिर्णयको अधिकार र महिला विरुद्ध भेदभाव उन्मुलनको लागि युएनड्रीपको ४६ वटा धारा स्पष्ट देखिनेगरी संविधान संशोधन गर्न सुझाब दिइएको भन्दै चार वर्ष बितिसक्दा पनि संविधान संशोधन नगरेको बताए । जसका विरुद्ध हतियार नै उठाउदा पनि बेठिक काम गरिस भन्ने अवस्था नहुने बताए ।

उनले जनजाति महासंघको आन्दोलन तुहिनुमा पार्टीको झोले तुम्बे हुनु मुख्यकार्ण भएको बताए । त्यसको ज्वलन्त उदाहरण बाराम समुदायको लागि नेपालको संविधानको धारा ५६ ले बारामको स्वायत्त क्षेत्र कानुन बनाएर कार्यान्वयन गर्न भनिए पनि बारमकै नेतृत्वमा महासंघ भए पनि पार्टीको झोले तुम्बे बनेको कारण कार्यान्वयन नभएको बताए।

डा. भट्टचनले प्रधानमन्त्रीको कार्यालयले मानव अधिकार डिभिजनबाट पाँच वर्षे कार्ययोजना तयार भएको भन्दै त्यसको ४० नम्बर महत्त्वपूर्ण रहेको ध्यानाकर्षण गराए । त्यसमा आदिवासीसंग बाझिएको अन्तर्राष्ट्रिय कानुन हटाउने र थप कानुन भए राख्ने उल्लेख भएको बताए । भट्ट्चनले अहिले जनता समाजवादी पार्टी सत्तामा नै भएको भन्दै जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमलाई त्यसतर्फ ध्यान दिएर गोल गर्न आग्रह गरे । उनले गोल गर्न नसके पनि आत्मघाती गोल भने अवस्य हुने बताए । हालसम्म आदिवासीले गोल गरिरहेको ब्यंग्य गर्दै त्यो गोल आत्मघाती भएको बताए ।

समापनमा  आदिवासी फुटबल खेलाडी सबैलाई लिम्बुवान राष्ट्रिय समिति अध्यक्ष खगेन्द्र माखिमले खादा लगाएर सम्मान गरेका थिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !