एकहप्ते पत्रकारिता तालीम सम्पन्न

धरान । “उत्पीडित जनसमुदायसम्मको पहँचमा हाम्रो सुदृढ पत्रकारिता” भन्ने मुल नाराका साथ धरानमा सञ्चालित एक हप्ते व्यवहारिक अभ्याससहित प्रभावकारी पत्रकारिता तालिम शनिवार सम्पन्न भएको छ।

प्रवोध साप्ताहिक पत्रीका र चिसेफायु मिडियाको संयुक्त आयोजना संचालित तालीम चौबिसे समाजको भवनमा समापन भएको छ । गत फागुन १३ गतेदेखि शुरु भएको उक्त तालिम चार दिनसम्म सैद्धान्तिक कक्षा भएका थिए । सैद्धान्तिक कक्षालाई ब्याबहारमा उतार्न अभ्यासका लागि विभिन्न सार्वजनिक कार्यक्रममा प्रशिक्षार्थीहरुलाई खटाएका थिए ।२० गते शुक्रबारसम्म फिल्डमा खटाई समाचार लेखन सम्बन्धी ब्याबहारिक अभ्यास गराएका थिए ।

समापन कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि धरान उपमहानगर वडा नम्बर ९ का वडा अध्यक्ष रत्नबहादुर कटुवाल,नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनक ऋषि चाम्लिङ लगायतका जनप्रतिनिधिको उपस्थिति रहेका थिए । समापन कार्यक्रममा १५ जना प्रशिक्षार्थीलाई लिखित परिक्षा लिइ दुई जना उत्कृष्ट प्रशिक्षार्थी घोषणा गरिएका थिए । लिखितमा हेमराज  सुनुवार र बन्दना रानामगरले बढी अंक ल्याएको कुरा प्रवोध साप्ताहिकका लम्जेल संघर्षशिलले बताए ।

आलिम अवधीभर सैद्धान्तिक कक्षाको लागि अग्रज पत्रकार हर्ष सुब्बा,उपप्राध्यापक राजेश बिद्रोही,ब्लाष्ट टाईम्स दैनिकका सम्पादक भोजराज श्रेष्ठले सहजीकरणको भुमिका निभाएका थिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !