धरानमा ज्यालो लोसर मनायो,गुम्बा निर्माणमा आर्थिक सहयोग गर्ने दातालाई सम्मान

फागुन १९, धरान । संखुवासभा जिल्ला शिङ्सा क्षेत्र थातथलो भै धरानमा बसोबास गर्ने बौद्ध मार्गी मुलबासीहरुको महान चाड ज्यालो लोसर धुमधामकासाथ मनाएको छ ।

क्षावेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बाको आयोजनामा प्रदेश नम्बर १ का सांसद उमिता बराईलिको प्रमुख आतिथ्यमा धरानको १५ नम्बर वडा बगरकोट स्थित क्षावेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बा परिसरमा सम्पन्न भएको छ ।

शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथी सासद उमिता बराईलिले यस समुदायले शुरूवात गरेको लक्ष्य लिएको गुम्बा निर्माण कार्यको लागि आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता जनाए । देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गैसकेको भन्दै दशैमा सार्वजनिक बिदा दिए जस्तै लोसर लगायत आदिवासीको चाडपर्वमा सार्वजनिक बिदा दिए सबैले यो देश आफ्नो भएको अपनत्व हुने बताए । सांसद उमिता बराइलिको सांसद बिकास कोषबाट गुम्बाको लागि सात लाख विनियोजन भएका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रममा १५ नम्बर वडा समितिको अध्यक्ष नरेश इवारमले गुम्बा निर्माण भवन निर्माणको लागि आवस्यक सहयोग गरेको बताए । वडा समितिबाट गुम्बाको लागि दुई लाख र सामुदायिक भवनको लागि दुई लाख यस अघि गराईसकेको छ ।

नेकपा माओबादी केन्द्रका नेता आइन्द्र बिक्रम बेघाले गुम्बाको लागि पार्टी मार्फत सक्दो पहल गरेको बताए । चालू आर्थिक वर्षमा गुम्बाको लागि अर्थ मन्त्रालयबाट अर्थमन्त्री जनार्दन शर्मा मार्फत ६० लाख स्वीकृत गरेको बताए । तर कारणबस ३० लाख मात्र सुनिस्चित भएको बताए ।

कार्यक्रममा संखुवासभा जिल्ला शिङ्सा क्षेत्र भोटखोलाका समुदायको लागि स्वास्थ्य सेवा सहयोग पुर्‍याएको भन्दै बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका धरानका डेपुटी डाइरेक्टर बोकास साहलाई सम्मान गरियो ।त्यसैगरी गुम्बा निर्माणको लागि १० हजार सम्म आर्थिक सहयोग गर्ने सुरज राई धरान ४,उद्धव लिम्बू धरान ११,अशोक राई धरान ११,धनकुमार राई धरान ५ ,पिम्ब छिरिङ भोटे भोटखोला ४ संखुवासभा,ङिमातेन्जिन भोटे भोटखोला २ संखुवासभा सहितको ब्यक्तीलाई सम्मान गरिएको छ । त्यसैगरी गुम्बा र समाज भवन परिसरमा ३२ हजारको लागतमा खानेपानी धारा जडान गरिदिएको भन्दै गुम्बाका सचीव निमा पोङ्स्युवा र रिनेन लामालाई पनि सम्मानपत्र प्रदान गरिएको छ ।

गुम्बा निर्मानको लागि स्थानीय समाजसेवी सर्वजित राईले २५ हजार दिने प्रतिबद्धता जनाए । त्यसैगरी कार्यक्रममा विभिन्न ब्यक्तिले गुम्बा निर्माण कार्यमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।हाल निर्माणाधीन गुम्बाको लागि सुनसरी जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ सांसद क्षेत्र बिकास कोषबाट जयकुमार राई मार्फत गतसाल १० लाख र चालू आर्थिक वर्षमा अर्थ मन्त्रालयबाट ३० लाख रुपैयाको काम थालनी भएको छ ।

सोही कार्यक्रममा अर्को वर्षदेखी एकजना पत्रकार लेखकलाई ५ हजार र संखुवासभा जिल्ला शिङ्सा क्षेत्र भोटखोलामा रहेका अरुणोदय माबीमा अध्ययनरत दुईजना छात्रछात्रलाई ५-५ हजार छात्रवृत्ति प्रदान गर्न घोषणा गरेको गरेको छ । आफ्नो स्वर्गीय बुवा छितेन पोङ्स्युवा र आमा भुटिक पोङ्स्युवाको नाममा अक्षयकोष स्थापना पछि सो पुरस्कार प्रदान गरिन लागिएको हो ।

 

 

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !