इन्स्योरेन्सको अभिकर्तालाई कमिसन बाह्र अर्ब

बन्दना रानामगर(प्रशिक्षार्थी पत्रकार)
धरान / नेपालमा रहेका इन्स्योरेन्स कम्पनीहरुले चालु आर्थिक वर्षमा १२ अर्ब रुपैयाँ कमिसन अभिकर्ताहरुलाई वितरण गरिने योजना रहेको जनाएको छ ।

मंगलबार आईएमई लाईफ इन्स्योरेन्स कम्पनीका कार्यकारी अधिकृत रहेका कवि फुँयलले धरानमा भएको एजेन्सी रिफेसमेन्ट कार्यक्रममा आर्थिक बर्षको अन्तिम सम्ममा १२ अर्ब रुपैया बराबरको कमिशन बाँड्ने प्रक्ष्यपण रहेको कुरा बताएका हुन् ।

मंगलबार  कम्पनीको धरान शाखाले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि समेत रहेका फूँयलले इन्स्योरेन्सको व्यापार अहिलेको समयमा अनिवार्य आवश्यक भएको  बताए ।

कार्यक्रममा विषेश अतिथि रहेका कम्पनीका चिफ अपरेसन अफिसर दिनेश आमत्यले विमा शिक्षा फैलाउँदै आफ्नो व्यावसायका साथ सेवा दिइरहेको बताए । उनले आजभन्दा ५ वर्ष अगाडी देशमा ६/७ प्रतिशत मानिसहरुले मात्र विमा गरेको बताए । उनले अहिले विमा गर्नेको संख्या तुलानत्मक रुपमा धेरै अघि वढिरहेको समेत दावी गरे । आमत्यले विमाले स्वास्थ, शिक्षा, आर्थिक अवस्थामा अभिवृद्धि गर्ने दावी गरे । त्यसै क्रममा उनले अभिकर्ताको पेशा भनेको विशुद्ध र मर्यादित भएको बताए ।

कार्यक्रममा कम्पनीको प्रदेश १ प्रमुख मिलन दाहालले विमा व्यापार एकदमै राम्रो ढंगले अघि वढ्दै गएको बताए । सोही अवसरमा प्रदेश १ का उपप्रमुख ओमप्रकाश राईले अभिकर्ताहरुलाई विमा सम्वन्धी सहजीकरण गरेका थिए ।

कार्यक्रममा युनिट विज्नेस गर्ने उत्कृट ३ मा राजेन्द्र राई, सारदाकुमारी राई र गीताकुमारी राईलाई सम्मान गरिएको थियो । त्यसैगरी सेल्फ विज्नेस तर्फ उत्कृष्ट ३ मा गीताकुमारी राई, कृष्णकुमार अटल र निमेषकृष्ण श्रेष्ठलाई सम्मान गरिएको थियो । उक्त कार्यक्रममा वेष्ट लिडर अफ धरान एजेन्सी मेनेजर राजेन्द्र राईलाई घोषणा गरिएको थियो । होटल रत्न इनमा भएको कार्यक्रम  कम्पनीका धरान शाखा प्रमुख अडिल खम्बुले सञ्चालन गरेका थिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !