एकएक पाइलाद्वारा सुकुम्बासी बस्तीमा निशुल्क स्वास्थ सिबिर

काठमाडौ । काठमाडौंको थापाथली स्थित प्रसुतिगृह पछाडि बिगत १७ बर्ष बाट निरन्तर बसोबास गर्दै आएका सुकुम्बासीहरु बीच एकएक पाइला फाउन्डेसन अन्तर संचालित एकएक पाइला सामुदायिक स्वास्थ केन्द्र थापाथली काठमाडौंले एक दिवसीय निशुल्क स्वस्थ्य सिबिर कार्यक्रम सन्चालन सम्पन्न गरेको छ।

फाउन्डेसनका अध्यक्ष डाक्टर सुमन समसेर थापाका अनुसार आफू काठमाडौंकै स्थानीय भएको र बिगत लामो समय देखि
भुमिहिन अव्यवस्थित बसोबासी सुकुम्बासीहरुको स्वास्थ्यलाई केन्द्रित गरि काठमाडौंको बागमती नदि छेउछाउमा सुकुम्बासीको रूपमा बसोबास गर्दै आएकाको स्वास्थ्यलाई ध्यानमा राखेर मानवीय सेवागर्न निशुल्क स्वास्थ्य सिबिर राखिएको बताउनु भयो ।

एकएक पाइला सामुदायिक स्वास्थ्य केन्द्रका म्यानेजर अशोक पाण्डेका अनुसार काठमाडौं स्थित बागमती करिडोरका ११ स्थानमा प्रत्येक दुई महिनाको अन्तरालमा एक पटक निशुल्क स्वास्थ्य सिविर कार्यक्रम संचालनमा ल्याएको बताउदै थापाथली प्रशुतीगृह पछाडि रहेका १५० घरधुरीका करिब १२ सय भन्दा माथि जनमा फागुन १४ गते करिब ४५० जनामा निशुल्क स्वास्थ्य चेकजाँच गरि औसधि वितरण गरियो जानकारी दिएकाछ्न ।

सामुदायिक स्वास्थ केन्द्रका म्यानेजर पाण्डेका अनुसार कार्यक्रममा प्रदान गरिएका सेवाहरु आँखा रोग ,दन्त, नाककान घाटी ,हार्डजोड्नी, स्त्री रोग ,सामान्य चिकित्सा ,छालारोग प्याथोलोजी सेवा ,बालरोग सेवा ,भिडियो एक्सरे ,फार्मेसी सेवा,सामान्य सल्यक्रिया लगायतका सेवा प्रदान गरेको म्यानेजर अशोक पाण्डेले बताए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !