एक लाखको आर्चरी बाजि चेपुवाले मारे

फागुन १४,धरान । २१४९ ताघ लो (बाघ वर्ष)लोसरको अवसरमा खेलाएको तिर (आर्चरी ) प्रतियोगिता चेपुवा (थाङ्मुछि) गाउँका टिमले बिजय हासिल गरेको छ ।

गत फागुन १२ गतेदेखि संखुवासभा जिल्लाको खाँदबारिमा प्रतिस्पर्धा भएका थिए । भोटखोला शिङ्सा क्षेत्र गाउँ स्तरीय प्रतिस्पर्धाको १४ गते अन्तिम दिन फाइनलमा चेपुवा टिमले बाजि मारेको कुरा आर्चरी संघ संखुवासभाका अध्यक्ष पासाङ भोटेले बताए । त्यसैगरी प्रतियोगितामा पाङ्दोक दोस्रो हटिया टिम तेस्रो र पिपु टिम तेस्रो भएका थिए ।प्रतियोगितामा बिजेता प्रथम हुनेले नगद १ लाख ११९ रुपैया प्रमाणपत्र मेडल ट्रफी प्राप्त गरे । दोस्रो हुनेले नगद ५१ हजार ११९ रुपैया मेडल प्रमाणपत्र र ट्रफी प्राप्त गरे । तेस्रो हुनेले नगद ३० हजार ११९ रुपैया मेडल प्रमाणपत्र ट्रफी र चौथो हुनेले १५ हजार ११९ रुपैया मेडल प्रमाणपत्र ट्रफी प्राप्त गरेका छन ।

त्यसैगरी ब्यक्तिगत तर्फ उत्कृष्ट अंक तर्फ चेपुवाका गुरु भोटे,उत्कृष्ट खेलाडी छिगुलुङ्का तेम्बा भोटे नव प्रतिभा खेलाडी च्याम्तङका ज्याबु र ज्येष्ठ खेलाडी ७५ वर्षका ङादर्प भोटेलाई घोषित गरिएको छ । त्यसैगरी अनुशासन पिपु टिमलाई घोषणा भए ।प्रतियोगितामा उत्कृष्ट खेलाडी,सबैभन्दा बढी अंक ल्याउने खेलाडी र नवप्रतिभा खेलाडीलाई जनही ५ हजार १०० नगद पुरस्कार प्रदान गरिएको छ ।

समापन कार्यक्रममा संखुवासभा जिल्ला समन्वय समिति प्रमुख सुमन शाक्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । समापन कार्यक्रममा संखुवासभा जिल्ला प्रशासन कार्यालयका प्रमुख नुरहरी खतिवडा सहायक जिल्ला प्रमुख मोहन घिमिरे,भोटखोला गापा प्रमुख तेम्बा भोटे ,आर्चरी संघका महासचिव गोबिन्द भट्टराई,टीका गुरुङ लगायतको उपस्थिति रहेका थिए। प्रतियोगितामा ११ टिमले भाग लिएका थिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !