फाराम भरेका सबै भूमिहीनलाई जग्गाको सुनिश्चतता हुनुपर्छ – सभापति तामाङ

धरान, ९ फागुनः नेपाली कांग्रेसले धरानको वडा नं. ८ स्थित श्रीटोलमा संगठन विस्तार गरेको छ । टोल समिति गठनका संयोजक राम तामाङको अध्यक्षता तथा क्षेत्रीय सभापति सुजेन्द्र तामाङको प्रमुख आतिथ्यमा भएको भेलाले टोल समिति गठन गरेको हो ।

क्षेत्रीय सभापति तामाङले भेलालाई संवोधन गर्दै फाराम भरेका भूमिहीन र अव्यवस्थित बसोवास गर्ने सबैले जग्गा पाउने सुनिश्चतता गर्न माग गरे । उनले पार्टी संगठनलाई मजबुद र गतिशील बनाउन वडावडामा संगठन सशक्तिकरण र सुदृढिकरण अभियान सञ्चालन भईरहेको र यथाशक्य प्रशिक्षणको कार्यक्रम पनि गरिने बताउंदै टोल समिति र वडा समितिलाई राजनीतिक एवम् सामाजिक कार्यहरु जनमुखि ढंगले गर्न आग्रह गरे । विशेष अतिथि एवम् नगर प्रमुख तिलक राईले भूमिहीन र अव्यवस्थित बसोबास गर्नेहरुलाई भूमि उपलब्ध गराउन फाराम भरी लगत संकलन गर्ने कार्य सम्पन्न भएको बताए । उनले टोल समिति गठनले पार्टी नेतृत्वलाई थप उर्जा प्राप्त भएको बताउंदै सबैले असल काम गर्नुपर्नेमा जोड दिए ।

धरान ८ को श्रीटोलमा भएको भेलाले सरिता विश्वकर्मा (तामाङ) को सभापतित्वमा ३७ सदस्यीय टोल समिति गठन गरेको हो । समितिको उपसभापतिमा खुमकुमारी लिम्वु, सचिवमा रेनुका राई, कोषाध्यक्षमा गौरा विष्ट र सदस्यहरुमा तिर्सना रोक्का, देवी राजधामी, विष्णुमाया कटवाल, राजकुमारी थापा, रामकुमार प्रधान, दिलिप दत्त, नमिता राई, चन्द्रबहादुर दर्जी, जय नारायण शर्मा, राते विश्वकर्मा, मनका दाहाल पराजुली, उमा कार्की, पृथ्वी राजधामी, सुकमाया राई, दिलमाया परियार, उर्मिला श्रेष्ठ, पवित्रा दाहाल, गौरामाया कार्की, हिमकुमारी लिम्वु, भुवन गहतराज, कृष्ण परियार, पन्नालाल विश्वकर्मा, सुर्य विश्वकर्मा, ओमबहादुर विश्वकर्मा, लक्ष्मी राई, बन्दना मगर, इन्दिरा बस्नेत, रन्जित मगर, सुनिता विश्वकर्मा, लोकेन्द्र खतिवडा, मनु शाह र मिना मगर रहेको छ ।

भेलामा प्रमुख अतिथि क्षेत्रीय सभापति सुजेन्द्र तामाङ, विशेष अतिथि महासमिति सदस्य एवम् नगर प्रमुख तिलक राई, क्षेत्रीय सदस्य उमेश पौडेल, नगर सचिव जितेन्द्र राई, वडा उपसभापति पासाङ डोल्मा गुरुङ, सुनिपा मिश्र लगायतले मन्तव्य राखेका थिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !