माघ १,धरान । हिमालयन टेलिभिजनबाट प्रशारण भैरहेको रियालिटी शोको द भोइस ओफ किडसको उपाधी जेनिस उप्रेतीले जितेका छ्न ।
माघ १ गते शनिबार प्रत्यक्ष प्रशारणको ग्रानफिनालेमा भोटिङको आधारमा जेनिस उप्रेती प्रथम द भोइस ओफ किड्स घोषित भएका हुन । बिजेता जेनिसले नगद १५ लाख प्राप्त गरेका छ्न । जेनि कोच प्रमोदको टिमका हुन । जेनिस सहित टिम प्रमोदमा रोक्सना लिम्बू पनि थिए । यस अघि द भोइस अफ नेपालमा टिम प्रमोदबाट नै अमेरिकी किरण गजमेरले जितेका थिए ।
टप एटमा प्रमोद टिमबाट जेनिस उप्रेती र रोक्सना लिम्बू,टिम मिलनबाट मिन्छेमा राई र नुमा राई,टिम प्रमिसाबाट सिसमी गुरुङ र अनुजा कडरिया र टिम राजुबाट पासाङ दिकि शेर्पा र सुपृम मल्ल ठकुरी रहेका थिए ।
Discussion about this post