पौष २७, धरान । पाँच विद्यार्थी संगठनले तीन दिन अघि धरानको बिष्णु मेमोरियल स्कुलमा चर्को शुल्क वृद्धिको बिरोधमा लेखा शाखामा ताला लगाएपछि चार वर्षपछि ४० प्रतिशत शुल्क वृद्धि गरेको खुलेको छ ।
ताला लगाएपछि मंगलबार स्कुल परिसरमा पत्रकार सम्मेलन गर्दै स्कुलका प्रीन्सिपल बेनिन्द्र कट्वालले चार वर्षपछि ४० प्रतिशत शुल्क वृद्धि गरेको बताए । प्रीन्सिपल कट्वालले सामुदायिक बिद्यालयमा सरकारले तलब वृद्धि गर्दा आफ्ना स्कुलमा पनि तलब बढाएर दिने गरिएको बताएउदै बिगत चार वर्षदेखी शुल्क वृद्धि नभएको बताए ।
धरान उपमहानगरपालिका वडा नम्बर ९ आचार्य लाईनमा रहेको बिष्णु मेमोरियल स्कुलमा चर्को शुल्क वृद्धि गरेको भन्दै १०३ जना अविभावकले नगरपालिकामा उजुरी समेत गरेका थिए । त्यसपछि धरानमा रहेका पाँच विद्यार्थी संगठनले सामुहिक रुपमा स्कुलको लेखा शाखामा ताला लगाएका हुन ।
प्रेस बिज्ञप्तिमा बिष्णु मेमोरियल माध्यामिक बिद्यालय धरान ९ का बिषयमा विभिन्न सामाजिक संजालहरुमा भ्रामक, तथ्यहिन र अनर्गल प्रचारवाजी हुँदै आएको आरोप लगाएको छ । स्कुलले कोभिड १९ को असहज परिस्थितिमा धरान उपमहानगरपालिकाले गरेको शैक्षिक शुल्क सम्बन्धि मापदण्ड र विद्यालयले लिएको शुल्क सम्बन्धि बिषयलाई लिएर विवाद सिर्जना गरि बिद्यालयको शैक्षिक वातावरण खलल पुर्याउने अनावश्यक हस्तक्षेप गर्ने र तथ्यहिन कुरा प्रचार गरि विद्यालयलाई बदनाम गराउने प्रयत्न भएको आरोप लगाएको छ ।
विष्णु मेमोरियल स्कुल राज्यको ऐन कानुन अनुसार चलेको शैक्षिक संस्था भएको भन्दै नगरपालिकाले निर्देशन दिए बमोजिम अबिभावकसंग बसेर शुल्क निर्धारण गरेको दाबी गरे ।
पत्रकार सम्मेलनमा कोरोनाले असहज भएको अवस्था हो भने स्कुलले निशुल्क पढाउने दाबी गरे । प्रीन्सिपल कट्वालले अन्य बिद्यालयले समेत शुल्क बढाएको दाबी गरे । उनले भने -` विद्यार्थी संगठनले उनिहरुलाई कार्वाही किन गर्दैन?´ उनले अरु बिद्यालयले १०/२० प्रतिशात वृद्धि गर्दा पनि पुगे पनि आफ्नोमा भने त्यतिले नपुग्ने बताए । त्यही भएर ४० प्रतिशतसम्म वृद्धि गरेको बताए । उनले अरुको स्कुल र आफ्नो स्कुलको समेत तुलना गर्न बताए ।
नेपाल सरकारले सामुदायिक बिद्यालयमा २०७६ सालमा २० प्रतिशत,२०७८ सालमा रु २ हजार गरि दुईपटक कर्मचारीको तलब वृद्धि गरेको बताए । चार वर्षमा शुल्क वृद्धि नगरेको तर त्यो अवधिमा सरकारले तलबमा बढाएको र महंगिले समेत आकाश छोएको भन्दै शुल्क वृद्धि गर्नको कारण बताए । त्यस अवधिमा भर्ना शुल्कमा ५० प्रतिशत छुट गरेको मासिक शुल्कमा ४० प्रतिशातबाट ३० प्रतिशात झारिको पनि दाबी गरे ।
बिष्णु मेमोरियलमा जम्मा ११३५ जना विद्यार्थीहरु मध्ये ९० प्रतिशतबढिले शुल्क बुझाएर सहयोग गरेको भन्दै केही अभिभावकले अनावश्यक बखेडा सिर्जना गरेर राजनीतिकरण गरि बिद्यालयलाई समाजमा बदनाम गराउन खोजिएको आरोप लगाएको छ ।
लगाएको ताला वार्ताबाट नै खोलिने भन्दै तत्कालीन अवस्था विद्यार्थीहरु पुर्व तयारीकासाथ आएकोले आधा पनि वार्तामा नबसी ताला लगाएको बताए ।(बिज्ञपत)
Discussion about this post