पत्रकारमाथी हमला गर्नेलाई कार्वाही गर्न महासंघको माग

धरान । नेपाल पत्रकार महासंघ सुनसरीले कोशी अनलाइन तथा डिबिआर अनलाइन टिभिका संचालक पत्रकार दिलकुमार राईलाई आक्रमणकारिलाई कार्वाहीको माग गरिएको छ ।

नेपाल पत्रकार महासंघ सुनसरीका सचीव ध्रुब ढकालद्वारा हस्ताक्षरित बिज्ञप्तिमा पुस ३ गते पत्रकार दिलबहादुर राईलाई अराजक समुहले आक्रमण गरेको जनाएको छ । यस घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै जिउज्यानको सुरक्षा माग गर्दै आक्रमण गर्ने दोषिलाई कार्वाही को माग गरिएको छ ।

      प्रेस बिज्ञप्ति
मिति २०७६ पुष ३ गतेका दिन धरानमा रहे पत्रकारिता गर्दै आउनु भएका पत्रकार दिलबहादुर राईलाई अराजक समूहले हातपात गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घ सुनसरीको गम्भिर ध्यानाकर्षण भएको छ । यसरी सञ्चारमाध्यममा कार्यरत पत्रकारलाई कुनैपनि कारणले गरिएको यस्तो घुणित कार्यप्रति नेपाल पत्रकार महासङ्घ सुनसरी खेद प्रकट गर्दछ । पत्रकार दिलबहादुर राईका जीउज्यानको सुरक्षाको व्यवस्था गर्न जिल्ला प्रशासन समक्ष माग गर्दछौँ ।

पत्रकार राईलाई हातपात गर्ने व्यक्तिहरुलाई तत्काल पहिचान गरि कानुनी कार्वाही गर्न पनि जिल्ला प्रशासन सहित जिल्ला प्रहरी कार्यालय समक्ष माग गर्दछौं ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !