पौष ४ गते आदिवासी मुलबासिको पर्वमा सार्वजनिक बिदा

धरान । नेपाली काङ्ग्रेस नेतृत्वको गठबन्धन सरकारले नेपालका आदिवासी मुलबासिको पर्वलाई पौष ४ गते आइतबार सार्वजनिक बिदा दिएको छ ।

तस्बिरहरु : गुगल

नेपाल सरकार गृह मन्त्रालयले पौष २ गते सूचना जारी गर्दै यहि पौष ४ गते सार्वजनिक बिदा दिएको जनाएको छ । पौष ४ गते नेवार समुदायको योमरी पुन्ही पर्व परेको छ । त्यसैगरी लिम्बू समुदायले उधौली चासोक तङ्नाम मनाउदैछ । त्यसैगरी राई समुदाय साकेला, सुनुवार समुदायले फोल ष्याँदर,याक्खा समुदायले चासुवा पुजा भुजेल समुदायले भुजेली उधौली लगायत उधौली पर्व मनाउदैछ ।

यसअघि केपि ओलि सरकारले नेपालका आदिवासी मुलबासिको एकदिने पर्व बिदा समेत कटौती गरिदिएका थिए । नेपालका आदिवासी मुलबासिले केपि ओलि एमाले सरकारले पर्व बिदा कटौती गरेपछि प्रदेश सरकार तथा स्थानीय सरकारसमक्ष बिदाको माग र शुभकामना माग गर्दै आएका छन । तर प्रदेश सरकार संघीय सरकार तथा स्थानीय सरकार भने उदारता देखाएको छैन । यश अघि गठबन्धन सरकार बनेलगत्तै मुस्लिम समुदायको इद पर्वमा देशैभर सार्वजनिक बिदा दिएका थिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !