देशिलाईनमा बाईक स्कुटी सफारी जुध्यो

पौष २, धरान । धरान उपमहानगरपालिका वडा नम्बर २ देशिलाईनमा दिउँसो करिब ४ बजे बाईक स्कुटी दुईवटा सफारी जुधेको छ ।

ब्यस्त सडक देशिलाईनमा दुइटा सफारी घुमाने क्रममा को ३२ प ३१२ नम्बरको बाईकले ओभरटेक गर्दा अनियंत्रित भै पार्क गरिराखेका बाईकलाई हान्न पुगेको कुरा को १ ह ८४६३ को सफारी चालकले बताए । सफारिले हान्दा पार्किङ गरिराखेको पल्सर बाईकलाइ ठक्कर दिएका थिए । बाईकको नजिक रहेको प्र १ ०२०४५ प ७२१६ नम्बरको स्कुटी सहित स्कुकुटिमा रहेका दुई जना महिलालाई ठक्कर दिएको छ । पार्किङ गरिराखेको पल्सर बाईकको हेन्डिलले स्कुटिको अगाडिको भागमा प्वाल पारिदिएको छ ।

दुईवटा सफारी र पल्सर बाईकले एउटा पल्सर एउटा स्कुटिलाई यसरी ठक्कर दिँदा पनि मान्छेलाई भने केही भएको छैन । स्कुटिमा रहेका दुईजना महिलाले भने – पार्किङ गरेको बाईक नभएको भए आज मार्ने थिए ।´ पार्किङ गरेको बाईक लडाएपछी स्कुटिमा रहेका चालकलाई थिचिदिएका थिए । ठक्कर दिएको बाईकको सिटमा केही क्षति पुगेको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !