ओर्को मुखर्जी धरान आउदै

धरान । यहि मंसिर २५ गते शनिबार धरानमा चर्चित गायक तथा सङ्गीतकार ओर्को मुखर्जी आउने भएका छन् ।

मुखर्जी धरानको बगरकोट सेउति खोला पारि रहेको भिन्टेज फेमिली रिसोर्टमा गायक मुखर्जी आउन लागेको कुरा आयोजकले जनाएको छ । उनको प्रस्तुति साँझ ७ बजेदेखि ११ बजेसम्म रहने बताइएको छ । उक्त कार्यक्रममा सहभागि हुनको लागि प्रवेश शुल्क ५ सय रुपैयाँ तोकिएको पनि आयोजकले जनाएको छ । कार्यक्रममको टिकट भिन्टेज फेमिली रिसोर्ट, धरान-१५ मा रहेको टि ब्लक, धरान-८ मा रहेको भेष्पा एप्रिलिया सोरुम, जावा सोरुम र गोरखा वाच सोरुममा पाउन सकिने बताइएको छ।

गायक मुखर्जीले पुराना सदाबहार नेपाली गीतहरुलाई छुट्टै सैलीमा गाउने गरेका छन् । उनले तिम्रो नै माया लाग्दछ साइली, रेसम फिरिरि, माछि काडैले, देउराली उकाली चढेर लगायतका सदाबहार नेपाली गीतहरु गएका छन् । ती गितहरुलाई नेपाली दर्शक तथा स्राेताले समेत निकै रुचाएका छन् ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !