प्रथम मिस शिङ्सा भोटिया उपाधी दार्जिलिङ मिरिकको छोङ साङमुले जित्यो

मंसिर २१,धरान । प्रथम मिस शिङ्सा भोटियाको २०२२ को उपाधी दार्जीलिङ मिरिक निवासी छोङ साङ्मु सेच्याले जितेका छन ।

प्रथम मिस शिङ्सा भोटियाको ग्रानफिनाले काठमाडौ नाचघरमा मंगलबार सम्पन्न भएको छ। मौखिक तथा लिखित प्रश्न सोधिएकोमा अन्तिम राउण्डमा महिला शसक्तिकरण किन आवस्यक छ भन्ने प्रश्नमा सहभागीले लिखत जवाफ दिएका थिए ।

अन्तिम राउण्डमा छ जना सहभागी मध्ये उत्कृष्ट जवाफ दिएर छोङ साङ्मुले मिस शिङ्सा भोटियाको उपाधी जितेका हुन । त्यसैगरी फस्ट रनर अप केसाङ चिपा भोटेले हात पारिन भने सेकेन्ड रनर अप सियाङ्ला भोटे घोषित भए ।

छ जना प्रतियोगिमा मिस फोटोजेनिकको उपाधी फुर्वा सेच्याले हात पारिन । मिस कल्चरको उपाधी नाङ्सा भोटेले हात पारिन त्यसैगरी मिस पपुलर टाइटल केसाङ भोटेले जितिन । मिस डिसिपिलिन टाइटल किन्जम भोटेले हात पारिन । मिस पर्सानालिटिको टाईटल सियाङ्ला भोटेले पाए ।

प्रथम बिजेता मिस शिङ्सा भोटियाले नगद पचास हजार फस्ट रनर अपले नगद तिस हजार र सेकेन्ड रनर अपले नगद बीस हजार पुरस्कार प्राप्त गरेका छन ।

बज्रकिल्या प्रोडक्सनको आयोजनामा भएको सो कार्यक्रम पहिलो उद्घाटन सत्रमा नेकपा एकीकृत समाजवादी पार्टी नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यमा भएको थियो भने क्राउन सेरेमोनिका प्रमुख अतिथी पुर्व उपप्रधानमन्त्री तथा एमाले नेता भिम रावलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान गरेको भन्दै बज्रकिल्या प्रोडक्सनका अध्यक्ष तेन्जिङ भोटियाद्वारा सम्मान गरेका थिए ।

 

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !