१५ नं वडा कमिटी पुनर्गठनसंगै दर्जन बढी जसपा प्रवेश

नरेश क्षितिज
१९ मंसीर /धरानजनता समाजवादी पार्टी नेपालकाे केन्द्रीय नीति तथा कार्ययाेजना अनुसार संचालित संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान अन्तर्गत सुनसरी निर्वाचन क्षेत्र नं १ काे धरान उपमहानगर भित्रका विभिन्न वडाहरुमा भेला ,प्रशिक्षण गठन तथा पुनर्गठन गर्ने कार्य तिव्र गतिमा अघि बढिरहेकाे छ ।

उपमहानगरका विभिन्न वडाहरुमा कार्यक्रम सम्पन्न गरिसकेकाे सुज अभियानले आइतबार धरान १५ नं वडा कमिटी पुनर्गठन गरेकाे छ । पार्टीका धरान १५ का अध्यक्ष हरिकुमार राईकाे अध्यक्षता,पार्टीका सुज अभियान केन्द्रीय संयाेजक एवम् वरिष्ठ नेता अशाेककुमार राईकाे प्रमुख आतिथ्यमा धरान १५ स्थित छथरे समाजकाे सभाहलमा सम्पन्न भेलालेेेे हरिकुमार राईकाे अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी चयन गरेकाे छ । समितिकाे उपाध्यक्षमा डिल्ली विक र शम्भू राई, सचिवमा अनिल भुजेल, सहसचिवमा मणि राई र सरिता लिम्बु, काेषाध्यक्षमा गाेपाल राई, सदस्यहरुमा अशाेकचन्द्र राई, रामराज राई, पवित्रा लिम्बू, रुद्र रसाईली, धर्मेन्द्र राई, हरेन्द्र विक,मदन गुरुङ्ग, प्रेम ठाडामगर, चम्पा दर्जी, समीर राई, भक्त ताम्लि,सुवाष गिरी, अशाेक राई, रुपेश राई, अन्जु याक्खा, मनिका चेम्जाेङ्ग,वृन्दा चेम्जाेङ्ग र शान्ता चेम्जाेङ्ग रहेका छन् । साेहि कार्यक्रमका बिच नेपाली काँग्रेस, नेकपा एमाले, माअाेवादी केन्द्र परित्याग गरि दर्जन नेता तथा कार्यकर्ता जसपा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा रामराज राई,राेहित मादेन,चम्पा दर्जी,नरबहादुर गुरुङङ्ग, जीतबहादुर शेर्पा,सुवास गिरी, पवित्र लिम्बू, राेशनी भुजेल,अनिल भुजेल,प्रेम ठाडामगर,सरिता लिम्बू,अन्जु याक्खा लगायत रहेका छन् । त्यसै गरि साेहि भेलाले नेपाल सुकुम्बासी ब्यवस्थापन संघ धरान उपमहानगर कमिटी पनि पुनर्गठन गरेकाे छ ।

त्यसैगरी छत्रबहादुर कालिकाेटेकाे अध्यक्षतामा गठित १५ सदस्यीय समितिकाे उपाध्यक्षमा तिर्थ राई र चन्द्र गदाईली, सचिवमा पूर्ण बान्तवा साङ्साेङ्ग, सहसचिवमा रुद्र विश्वकर्मा, काेषाध्यक्षमा राेशनी भुजेल,सदस्यहरुमा एनव विक,कृष्ण,विक,राजकुमार राई, सीता विक, विमल ताम्रकार, माया लिम्बू, राेहित मादेन,सुवास राई, सुवास गिरी रहेका छन् । कार्यक्रममा केन्द्रीय कार्यकारिणी सदस्य सुशिला श्रेष्ठकाे विशेष आतिथ्य,केन्द्रीय सदस्य तथा सुज अभियान सुनसरी १ का संयाेजक दिपक मेन्याङ्बाे,केन्द्रीय सदस्य भीम राई, परिषद् सदस्य अच्युतनन्द भट्टराई, १ नं प्रदेश कमिटी सदस्य कृष्ण लिम्बू, किराँत राष्ट्रिय समिति उपाध्यक्ष विना पुमा राई, सचिव मानभगत चाम्लिङ्ग, लिम्बुवान राष्ट्रिय समिति सदस्य तथा सुज अभियान सुनसरी १ का सदस्य सचिव नगेन्द्र पारघरी, शिल्पी विशेष प्रदेश राष्ट्रिय समिति सदस्य तथा प्रदेश १ अध्यक्ष नरेश विश्वकर्मा,सुनसरी जिल्ला उपाध्यक्ष रविन राई,सहसचिव तथा धरान नगर ईन्चार्ज सुमित्रा राई, नगर अध्यक्ष ताजुवकुमार लिम्बू लगायत नेता तथा कार्यकर्ताहरुकाे उल्लेख्य उपस्थिति रहेकाे थियाे । कार्यक्रममा उपस्थित महानुभावहरु तथा अतिथीहरुलाई सुमित्रा राईले स्वागत मन्तब्यद्वारा स्वागत गरेकी थिईन् भने कार्यक्रम संचालन सुज अभियान सुनसरी १ (क) का सदस्य सचिव मिलन राईले गरेका थिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !