वालाचतुर्दशि कप रणभिम गुल्मले जित्यो

दिपेश राई (याम्फु)
नुम (संखुवासभा) वालाचतुर्दशिको अवसरमा खेलाएको पुरुष भलिबल प्रतियोगिता मकालु गाउँपालीका ३ गडि नेपाली सेना `न्यु रण भिम गुल्मले बाजि मारेको छ ।

मंसिर १६ गते फाइनल खेल भएकोमा नेपाली सेना न्यु रणभिम गुल्म  लगातार ३ सेटको बिजयसंगै प्रथम स्थान हासिल गरेको छ । रणभिम गुल्मका टिमले नेपाल पुलिस क्लब प्रदेश १ बिराटनगर लाई पराजित गरेको हो । फाईनलमा  जम्मा ३ टिम फाईनलमा प्रवेश  गरेका थिए ।  जसमा  श्री रण भिम गुल्म( मकालु गाउँपालीका-३ गडि),`नेपाल पुलिस क्लब´ (प्रदेश -१ बिराटनगर)र `द नर्थ बरुण युथ क्लब ´मकालु गाउँपालीकाको टिम थिए ।

पहिलो हुने न्यु रण भिम गुल्मले नगद ५० हजार ट्रफी प्रमाणपत्र प्राप्त गरेको छ। प्रतियोगिताको दोश्रो उपाधी नेपाल पुलिस क्लबले प्राप्त गरे । दोस्रो हुने पुलिस क्लबले ३० हजार नगद ट्रफी प्रमाणपत्र प्राप्त गरे । तेस्रो हुने  द नर्थ बरुण युथ क्लबले नगद १३ हजार रुपैया प्राप्त गरे । प्रतियोगिताको सान्त्वना पुरस्कार  मकालु गाउँपालीका खोकताकले नगद ७ हजार प्राप्त गरे ।

फाइनल खेलका प्रमुख अथिती मकालु गाउँपालीकाको उप प्रमुख चमेली राईको प्रमुख आतिथ्यमा भएको हो । बिजेता खेलाडी टिमलाई प्रमुख अतिथी सहित  प्रथम हुने खेलाडिहरुलाई प्रायोजक सबनम कटुवाल , दोश्रो पुरस्कर प्रायोजक बिमन पराजुली , तेस्रो पुरस्कर प्रयोजन राम कुमार राई र मनोज पोखरेलद्वारा हस्तान्तरण गरेका थिए ।

वालाचतुर्दशिको अवसरमा यहि मंसिर १३ गतेदेखि शुरु भएको हो । प्रतियोगितामा १३ वटा टिमले भाग लिएका थिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !