धरानमा स्थानीय घरेलु तीनपाने रक्सी र कालो बंगुर ब्राण्डिङ गर्ने गृहकार्य शुरु

धरान । धरान उपमहानगरपालिकाले स्थानीय उत्पादन तीनपाने रक्सी र कालो बंगुरलाई प्रवर्द्धन गर्दै स्थानीयबासीको जीवनस्तर उकास्ने उद्देश्यले ब्राण्डिङ गर्नका लागि औपचारिक रुपमा गृहकार्य थालिएको छ ।

नगर प्रमुख तिलक राईको उपस्थितिमा सोमबार बसेको गठीत कार्यदलको पहिलो बैठक बसेको छ । सुचना अधिकृत समेत रहेका सदस्य सचिव खगेन्द्र खतिवडाका अनुसार तीनपाने रक्सी तथा कालो बंगुर प्रवद्र्धन गर्ने विषयमा धरानको वडा नं. ११, १६, १७, १८ र २० मा पहिलो चरणमा स्थलगतरुपमा जाने, सचेतना कार्यक्रम गर्ने र त्यहाँ उत्पादन भईरहेको तीनपाने रक्सी उत्पादनको अवलोकन, अध्ययन गर्ने र विद्यमान स्थितिको तथ्यांक संकलन गरि विश्लेषण गर्ने कार्य केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारलाई जिम्मेवारी दिईएको छ ।

तीनपाने रक्सीको प्रविधि, मापदण्ड र गुणस्तरको सम्बन्धमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय समेतको समन्वयमा केन्द्रिय प्रविधि क्याम्पस हात्तिसार मार्फत गरिने निर्णय भएको छ । बैठकले हाल प्रचलनमा रहेको ऐन नियमको अध्ययन गरि तीनपाने रक्सी उत्पादन र व्यवस्थापन गर्ने बारेमा स्थानीय कानूनको मस्यौदा निर्माणको लागि धरान उपमहानगरपालिकाका कानूनी सल्लाहकारलाई अनुरोध गर्ने पनि निर्णय गरिएको छ । साथै, नगर प्रमुखको नेतृत्वमा प्रदेश नं. १, सामाजिक विकास मन्त्रालय मार्फत मापदण्ड र कानून निर्माणको लागि पहल गरिने निर्णय भएको छ ।

अबैधको ट्याग लगाएर प्रहरीद्वारा घरेलु रक्सी बरामदपछी नष्ट गर्दै, तस्बिर श्रोत गुगल

यस्तै, घरेलु मदिराको रुपमा प्रयोग हुँदै आएको परम्परागत तीनपाने रक्सी र कालो बंगुर ब्राण्डिङ गर्नका लागि यसको आवश्यकता र औचित्यको बारेमा जानकारीमूलक लेख, रचना र अध्ययन सामग्री तयार गरि प्रचार प्रसार गर्ने समेत निर्णय गरिएको छ । नगर प्रमुख राईले परम्परागत रुपमा उत्पादन गरिरहेका स्थानीयबासीलाई तीनपाने रक्सीको बारेमा थप ज्ञान, सीप दिएर व्यवसायीकरण गर्न सकियो भने आत्मनिर्भर बनाउन सकिने बताए । साथै, तीनपाने रक्सी बनाउन प्रयोग गरिने कच्चापदार्थ मर्चालाई व्यवसायीकरण गर्न सकिने उनको भनाई थियो ।

तुवाचुङ नगरपालिकाका वडा अध्यक्ष चन्द्र राई स्थानीयले उत्पादन गरेको जाँडरक्सी प्रहरीसंग मिलेमतोमा पोखाएको भनेर आलोचित तस्बिर

गतवर्ष केन्द्रिय प्रविधि क्याम्पस हात्तिसारका प्राध्यापक बसन्त कुमार राईको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । उक्त कार्यदलमा सदस्यहरु केन्द्रिय प्रविधि क्याम्पसका पूर्व प्रमुख प्रा.डा. धनबहादुर कार्की, फुलमाया तामाङ, सदर राई, मोहन तिगेला र खगेन्द्र खतिवडा सदस्य सचिव रहेका छन् । कोभिड १९ का कारण कार्यदल गठन भएयता यस विषयमा बैठक बस्न सकेको थिएन । बैठकमा धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत विदुर प्रसाद खनाल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राज कुमार रिजाल र खाद्य अनुसन्धान अधिकृत निरन कट्वालको पनि उपस्थिति थियो ।

नेपालका विदेशी रक्सिलाई अन्त शुल्क लगाएर भित्र्याउने गरिएको छ ।तर नेपालका मुलबासिको सीप ज्ञानबाट उत्पादन गरिने स्थानीय जाँडरक्सीलाई भने अबैध भन्दै प्रहरी प्रशासनले पक्राउ गरेर नष्ट गर्ने गरेको छ । स्वदेशी कोदो तथा चामलमा स्थानी जडिबुटी मर्चा लगाएर बनाउने जाँडरक्सीलाई करको दायरामा ल्याउनुपर्छ भनेर चर्को जन आवाज उठिरहेका छन । गुणस्तर मापन गरेर करको दायरा ल्याउनु नै उत्तम उपाय भएकोले स्थानीय जाँडरक्सीलाई ब्याण्ड होइन ब्राण्ड गरेर आन्तरिक तथा बाह्य रुपमा बिक्रीवितरण गर्न सकिने सुझा बिज्ञहरुले दिएको छ । प्रदेश नम्बर १ मा ब्याण्ड भर्सेस ब्राण्डको लागि तत्कालीन सामाजिक बिकास मन्त्री उषाकला राईले सुझाव समिति बनाई प्रतिवेदन माग गरेका थिए ।

त्यसैगरि स्थानीय जाँडरक्सी ब्राण्डिङको कामलाई गण्डकी प्रदेशले पनि अगाडि बढाईसकेको छ । अन्य स्थानिय तहमा पनि लोकल रक्सी ब्राण्डिङको काम शुरु भैसकेको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !