वालाचतुर्दशिमा पुरुष भलिबल प्रतियोगिता शुरु

दिपेश राई (याम्फु)
नुम (संखुवासभा) / हरेक वर्ष वालाचतुर्दशीको दिन लाग्ने मेलाको अवसरमा यसपटक पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।

संखुवासभा जिल्ला मकालु गाउँपालीका वार्ड:५ कटुवाल डाडामा यहि मंसिर १३ गतेदेखि सो प्रतियोगिता शुरु भएको छ । मङ्सिरको बालाचतुर्दशिका दिन महादेब मेला लग्ने अवसरमा यसपटक खेल खेलाएको हो ।उक्त प्रतियोगिता महादेव मेला खेल्कुद बिकाश समितिद्वारा आयोजना गरेका हुन । खुल्ला पुरुष भलिबल प्रतियोगिता मङ्सिर १६ गते फाइनल भएर सकिनेछ।
प्रतियोगितामा जम्मा १३ टिमको सहभागिता रहेका छ्न । प्रतियोगितामा प्रथम हुनेले ५०(पचास हजार) नगद पुरस्कार प्राप्त गर्नेछ ।त्यसैगरी दोस्रो हुनेले नगद पुरस्कार-३०(तीस हजार) र तृतीय हुनेले नगद पुरसकार १३( तेह्र हजार) रुपैया र सान्त्वना पुरस्कर-७(सात हजार) प्राप्त गर्ने कुरा आयोजकले जनाएको छ । साथै सबै सहभागी खेलाडीहरुलाई मेडल र प्रमाणपत्र दिईनेछ पनि जानकारी दिएको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार

error: सामग्री सुरक्षित छ !