च्याम्ताङ काठमाडौ समाजबाट क्षावेनाङ्ज्यो शिङ्सा गुम्बालाई पचास हजार सहयोग

मंसिर ८,धरान। धरानमा निर्माणाधीन रहेको क्षावेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बालाई च्याम्ताङ काठमाडौ कल्याण समाजले ५० हजार पाँच सय आर्थिक सहयोग गरेको छ।

समाजले हालै बैठकबाट विनियोजन गरेको सहयोग बुधबार धरानमा गुम्बा परिसरमा हस्तान्तरण गरिएको छ । काठमाडौबाट धरान आईपुगेका समाज प्रतिनिधिहरु अध्यक्ष पिम्बा सेच्या,कर्मा भोटिया,छिरिङरिदर भोटे रिन्जिन भोटेले गुम्बाका अध्यक्ष बम्बु नुप्पा सहित हिमाली शिङ्साबा भोटिया समाज धरानका अध्यक्ष छ्जुङ लामा मिक्मा भोटे छेम्बी भोटे अन्दि नुप्पा छेसाङ भोटिया फुर्पु नुप्पा सहितको पदाधिकारी मार्फत सहयोग रकम हस्तान्तरण गरिएको छ ।

संखुवासभा जिल्लाको शिङ्सा क्षेत्र भोटखोला च्याम्ताङ (दम्दाङ)बाट आएर हाल काठमाडौमा २७ घर बसोबास गरिरहेका छन ।

निर्माणाधीन क्षाबेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बाको हालसम्म निर्माण भएका अवस्था

सोही क्षेत्रबाट सुनसरी मोरङ झापामा रहेकाहरु धरानमा समाज गठन भै धरान १५ बगरकोटमा एक करोडको लागतम गुम्बा निर्माणकार्य थालनी गरेको छ। हालसम्म गुम्बालाई विभिन्न ब्यक्ति संघसंस्था गुम्बा बिकास समिति सांसद बिकास कोष लगायतबाट उपलब्ध भएका बजेटबाट करिब ३० लाख बराबरको निर्माणकार्य भैसकेको छ । (निर्माणाधीन क्षाबेनाङ्ज्यो शिङ्सा क्षोलिङ गुम्बाको हालसम्म निर्माण भएका अवस्था)

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार