स्वर्गीय बुबा छितेन पोङ्स्युवाको संक्षिप्त जिवनी : सन्दर्भ ४९ औ दिनको पुण्य तिथि

छितेन पोङ्स्युवा
जन्म : बि. स. १९९७ मंसिर ५ गते चेपुवा ६ च्याम्ताङ(दम्दाङ)
बर्ग (लो) : डुल (सर्प)
मृत्यु : बि . स. २०७८ असोज १७ गते धरान
बुवा : ठिलेन पोङ्स्युवा
आमा : छिरिङ हमुवा
श्रीमती : भुटिक नुप्पा
छोरा : निमा पोङ्स्युवा
छोरिहरु : साम्जुङ,पासाङ ल्हामु,फुर्पु,पिम्मा

आज भन्दा करिब ८१ वर्ष अगाडि हालको दुर्गम संखुवासभा जिल्लाको तत्कालीन चेपुवा पंचायत वडा नम्बर ६ च्याम्ताङ (दम्दाङ)गाउँमा  आमा छिरिङ र बुवा ठिलेनको एक्लो छोराको रूपमा सर्प (डुल) लो मा पुर्णिामा तिथि शुक्रवार  दिन जन्म भएका थिए ।

उहाँ जन्मिनु अघि बुवाको मृत्यु भैसकेको थियो । अर्थात उहाले संसारमा पाइला टेक्दा उहाँको बुवाले संसार छाडिसकेका थिए । खेतिकिसान गरिब परिवारमा नै जन्म भएका थिए । तत्कालीन अवस्थामा नेपाली शिक्षाको बिद्यालय स्थापना भएका थिएनन । गुरुकुल शिक्षा थिए । पोङ्स्युवा खलकबाट एकजना अनिवार्य जस्तै बिजुवा ( ल्हावेन) सहायक बिजुवा हुनुपर्ने नियम थिए । दैनिक खेती हलि गर्दै जीवन गुजारा गर्ने उहाँ आफ्नो परिवारबाट ल्हाबेन सहायक बिजुवा बन्ने योजना सोचाइमा थिए । उहाँ गुरुकुल शिक्षाबाट संभोटा लिपि सिकेर गुफा बसे । जब गुफा बसिन्छ तब गुफामा बिना अनुमती जान पाईदैनन । तर यस्तो अवस्थामा उहाँका आमाले गुफाकै क्रममा अरुको खेताला जानका लागि आमाले हलो जोत्ने जोतारो सहित सामग्री गुफामै पुर्‍याएपछि उहाँको ल्हाबेन सहायक बिजुवा बन्ने सपना चकनाचुर भयो ।

संयोगबस बुवाको मृत्युपछि तेस्रो साप्ताहिक पुण्य तिथिमा गाउँ जाँदा भुटानमा खुट्टा भाचिएको बेला सहयोग गर्ने भुपु प्रधानपंच नुर्पु भोटेको श्रीमती च्यारिम बाटोमा भेट भयो ।(निलो कपडामा च्यारिम )

वैवाहित सम्बन्ध गाँसिएपछि थप पारिवारिक जिम्मेवार आईलागे । परिवारमा सन्तानहरु भए । कति छोराछोरी सानैमा गुमाउनु परे । पछि बिफरको प्रकोप आए ।कैयौ मानिसहरूको ज्यान गए । आफ्ना जेठानसंग धरान धनकुटासम्म आउदा बिफरको लक्षण देखिएपछि त्रसित भएर धनकुटामा खोप लगाएको पनि उहाँले बताउने गर्नुहुन्थ्यो ।तर बिफर भने लागेन ।

जीवनको उतार चढाब हुँदै गए ।

रोजगारको सिलसिलामा उहाँ भुटानसम्म पुगे । छिमेकी मुलुक भारतको दार्जिलिङमा बसे । त्यहीँ क्रममा भुटान पनि पुगे । भुटानमा जंगलमा आरा काट्ने काम गरे । यही आरा काट्ने क्रममा धरानमा राखेको टुना झरेर खुट्टा भाँचिए । खुट्टा भाँचिएपछी अर्को समस्या आए परिवारमा । रोजगारको खोजिमा हिडेको खुट्टा भाँचिएपछी थप समस्या भए । यो अवस्थामा भुटानको अस्पतालमा उपचारमा बसे । खुट्टामा प्लास्टर लगाएपछि कमाउने मान्छेको बेहाल भए । परिवारमा कमाउने मान्छे थला परेपछी परिवारका अन्य सदस्यले जिम्मेवारी सम्हाल्नुपर्‍यो । खुट्टामा प्लास्टर गरेपछि घाईते अवस्थामा लामो पिडादायी दिन काट्नु पर्‍यो । भुटानको अस्पतालमा उपचार गराउने क्रममा खुट्टा काम नलाग्ने हुनाले काट्नुपर्ने सुझाब दिए । तर उहाले काञ मान्नु भएन । खुट्टा काटेपछि जिवनभर बैसाखिको भरमा बस्नुपर्ने अर्को पीडा थप्यो । उहाले भने अनुसार  पटकपटक प्लास्टर खोल्न आग्रह गर्दा पनि अस्पतालले खोल्न मानेन । घुँडा मुनि भाँचिएको खुट्टा प्लास्टर तिघ्रापुरै लगाईदिए ।

एकदिन एकाजना चिकित्सकको सल्लाह अनुसार प्लास्टर नखोलिएदिएपछी तातोपानीले  भिजाएर खोल्न सकिने भनेपछि खुट्टाको प्लास्टर आफैले खोले । त्यसपछि बैसाखिको भरमा यताउता हिडडुल गर्न थाले ।

भुटानमा रोड सफा गरेर गुजारा गर्नथाले बैसाखिको भरमा । अब आफ्नै मौलिक परम्परा चिकित्सा अनुसार आगोले पोलेर घरेलु उपचार गर्न लागे । उहाँ भुटानमा शिकार समेत खेल्दथे । बैसाखिको भरमा जंगली पंक्षी कालिजलाई पासोमा पार्ने अनि त्यसको मासु खाने गर्न थाले । यसरी पासोमा एकपटकमा चारपाँच वटा कालिज प्युरा डाँफे परेको र छ्टपटाएको बेला दौडेर बैसाले हानेर मार्ने गर्थे । यहि जोसमा अचानक बैसाखिले हान्ने क्रममा बैसाखिको सहारा बिना दौडिने कुद्ने भएछ थाहै नपाई भनेर स्मरण  हामिलाई सुनाउनुहुन्थ्यो ।

विभिन्न संघ संस्थाबाट श्रद्धाञ्जली दिएका समबेदना पत्रहरु

२१ वर्षे लामो प्रवासी जीवन भुटान र दार्जीलिङमा बिताए । यस क्रममा जेठी छोरी बाहेक दुई छोरा र अन्य छोरिहरुको जन्म प्रवासमा भयो । र जेठा छोरा १२ वर्षको उमेरमा दार्जिलिङको घुममा मृत्यु भयो । त्यसपछि बिक्रम सम्बत २०४०/४१ साल तिर दार्जिलिङ छाडेर सँधाका लागि मातृभुमी शिङ्सा गाउँ दम्दाङ फर्केर आए ।पुनः आफ्नै भुमिमा कृषि खेती गरेर जीवन गुजारा चलाउन थाले ।

राजनीति जीवन
शिक्षा दिक्षा नभए पनि राजनीतिमा चासो राख्ने गर्थे । प्रवासबाट मातृभुमी फर्केपछि तत्कालीन पंचायती व्यावस्थामा चेपुवा गाउँ पंचायत वडा नम्बर ६ को वडा अध्यक्षको उम्मेदवार भएका थिए । तर सफलता हाँसिल भएन । देशमा राजनीतिक परिवर्तन आए । पंचायती व्य्वस्था हटेपछि बहुदलिय व्यावस्था आयो । भारतको दार्जिलिङ पश्चिम बंगालमा ज्योतिबसु कम्युनिस्टको छाप बसेका थिए । पंचायती ब्याबस्थापछी उहाँ तत्कालिन नेकपा एमालेमा आवद्ध भए । बहुदलिय ब्याबस्थाको दोस्रो स्थानीय चुनाबमा २०५३ मा उहाँ नेकपा एमालेको तर्फबाट वडा अध्यक्ष उम्मेदवार भए । उहाँ वडा अध्यक्षमा निर्वाचित भए ।

लामा बिधा
गाउँमा पोङ्स्युवाबाट सहायक बिजुवा ल्हाबेन बन्नुपर्छ हुनुपर्छ भन्ने मान्यता छ । तर घरायसी समस्याले उहाँ गुफाबाट नै बाहिरिनुपर्ने अवस्था आयो । तर पुरै ल्हाबेन हुननसके पनि उहाँ सामान्य धामी पुजा आजा गर्ने पुजारी भएर मधौरी बिरामिको सेवा भने आजिवनकालमा गरिरहे ।

खुट्टा भाँचेर पिडा भोगेको खुट्टा भाँचेरै मृत्यु

२०६५ सालमा आमाको मृत्यु गाउँमा भएका थिए,धरानमा बुवाको मृत्युपछि गाउँमा आमाको पुर्खाङ्संगै बुबाको पुर्खाङ

युवा जवानी अवस्थामा रोजगारीको खोजिमा प्रवास भास्सिएका उहाँ भुटानको पिडादायी जीवन जिएका थिए । उहाँमा उच्च रक्तचाप,बाथको समस्या थियो । २०७७ सालको शुरूवातमा उच्च रक्तचापका कारण मुखमा समस्या आए । त्यसपछि उहाँको बोलिमा समस्या भयो । २०७७ साल मंसिर ७ गते खुट्टा भाँचिए । तिघ्राको जोर्नी नजिक हड्डी भाँचिएपछि उहाँको उपचार बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा स्टिल हालेर उपचार गरियो । उपचार भएको ११ महिनापछि  २०७८ साल असोज १७ गते दिउँसो ३ बजे ८१ वर्षको उमेरमा यो संसार छाडेर गए ।                                                                                                                       एमाले भनेपछि मरिहत्ते गर्ने मरेपछि आएन एमाले
छितेन पोङ्स्युवा अर्थात मेरो बुवा चेपुवा गाबिसबाट निर्वाचित एमालेबाट जनप्रतिनिधि हुन । तत्कालीन एमालेको नौ महिने शासनमा मनमोहन अधिकारी बृद्ध भत्ता दिएपछि बृद्धको सहारा भएको महसुस गरे । एमाले बाहेक दायाँबायाँ नहेर्ने बुबा जब धरानमा आए उहाँलाई पार्टीले चिनेन । अन्य वृद्धलाई सम्मान गरियो तर मेरो बुवालाई बोलाउने काम भएन । २०७८ असोज १७ गते बुवाको देहावसान भए तर सम्बन्धित पार्टीले कुनै चासो दिएन । बुवाको अन्तिम संस्कार ४९ औ दिन पुग्दासम्म नेकपा एमालेले मेरो बुवाको मृत्युप्रती कुनै तह ब्यक्तिगतबाट सम्झना भएन ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार