कर्मशीलको १० औं साधारणसभा सम्पन्न

धरान । कर्मशील बचत तथा ऋण
सहकारी संस्था सुनसरीको १० औं वार्षिक
साधारणसभा शुक्रवार सम्पन्न भएको छ।
हाम्रो प्रतिबद्धता समृद्ध सदस्य दिगो संस्था’
भन्ने मूल नाराकासाथ  जिल्ला सहकारी संघ सुनसरीका वरिष्ठ उपाध्यक्ष नरेस इवारमको प्रमुख आतिथ्यमा  धरान-१८ स्थित
हिमालयन महायान देक्षेन छयोलिङ गुम्बाको
धार्मिक सभाहलमा सम्पन्न भएको छ । अध्यक्ष ङावालप्टु लामा शेर्पाको अध्यक्षतामा शुक्रबार भएको साधारण  सभामा ङावा लप्टु शेर्पाले आ.व. २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन भावी रणनीति र कार्ययोजना पेश गरेका थिए । त्यस्तैगरि संस्थाका कोषाध्यक्ष रिता खापुङले लेखापरीक्षण सहित आर्थिक प्रतिवेदन पेश गरे । लेखा समिति संयोजक ओङ्छु शेर्पाले लेखा समितिको प्रतिवेदन पेश गरेका थिए ।

चालू आर्थिक वर्षको अध्यावधिक हिसाब पेअह गरेका उपेन्द्र लावतिले संस्थामा ३ सय १७ जना शेयर सदस्य रहेको बताए । साधारण सभाले सबै प्रतिवेदन सर्वसम्मतिले पारित गरेको छ ।

सभाकामा प्रमुख अतिथि जिल्ला सहकारी
सङ्घ सुनसरीका वरिष्ठ उपाध्यक्ष नरेश
इवारमले सहकारी शिक्षालाई व्यवहारमा उतार्न
जोड दिँदै शेयर सदस्यहरू शेयर लगानी
गरेर मात्र नबसी सहकारी सिद्धान्तअनुसार
आफनो सम्पूर्ण वित्तीय कारोबार आफ्नै
सहकारीबाट गर्नसके कुनै पनि सहकारीले
सहजै मुनाफा आर्जन गर्नसक्ने बताए ।
संस्था सञ्चालनमा जिम्मेवारपुर्वक कारोबार
गर्ने ७ जना असल ऋणिहरू र ३ जना उत्कृष्ट
बजार प्रतिनिधिहरूलाई सम्मानसमेत गरिएको
थियो ।

कार्यक्रममा कर्मशिल सहकारी संस्थामा  हाल सल्लाहकारहरू वीरबल शेर्पा, नारायणकुमार
सञ्जेल, नेपाल आदिवासी जनजाति महासङ्घ
सुनसरीका वरिष्ठ उपाध्यक्ष गेल्बु शेपालगायतको आतिथ्यता रहेका थिए । उपाध्यक्ष सागरकुमार खड्काले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव तेञ्जिङ शेर्पाले गरेका थिए।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार