समाजवादी युवा धरानमा दावा शेर्पाको नेतृत्व

मंसिर ५, जनता समाजवादीको युवा भातृसंगठन जनता समाजवादी युवा संघ धरानमा दावा शेर्पाको नेतृत्वमा धरान उपमहानगर समिति गठन भएको छ ।

जनता समाजवादीको संगठन सुदृढीकरण तथा जनजागरण अभिया सुज अभियान अन्तरगत धरान समाजवादी युवा संघमा नयाँ समिति चयन गरिएको कुरा समाजवादी युवा संघका प्रदेश अध्यक्ष सिरि सुब्बाले जानकारी दिए ।

समिति बरिष्ठ उपाध्यक्ष अनुप राई,उपाध्यक्ष: दिपेन लिम्बु, दिपक राई सचिब: आकाश तामांग,सहसचिव पासाङ शेर्पा,दिलिप राई,कोषाध्यक्ष भूषण राई,सह कोषाध्यक्ष मनोज सहित २३ सदस्यीय धरान उपमहानगर समिति गठन भएको छ। यसअघि रहेका युवा नगर अध्यक्ष सुरेश लिम्बुलाई पार्टी नगर सचिवालय सदस्य सहित सहसचिवमा लाने सहमति भएको पनि युवा संघले जनाएको छ।

संगठन कार्यक्रमका प्रमुख अतिथि सुज अभियानका संयोजक केन्द्रिय सदस्य दिपक मेयाङ्बो रहेका थिए ।त्यसैगरी कार्यक्रममा प्रदेश अध्यक्ष सिरि सुब्बा, मुख्य सचीव पवन बिष्ट, समीर नाछिरिङ युवा प्रदेश इन्चार्ज, पार्टी केन्द्रिय सदस्य जेन्टल लावती,प्रदेश सदस्य कृष्ण लिम्बू,नगर युवा अध्यक्ष सुरेस लिम्बू,पार्टी नगर अध्यक्ष ताजुप लिम्बू युवा नगर इन्चार्ज रवि पाखृन लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेका थिए ।

कार्यक्रममा धेरै युवाहरु पार्टी प्रवेश गरेका छन ।पार्टी प्रवेश गर्नेहरुमा अनुप राई,आकाश तामङ,रोशन राई,आदित्य लिम्बू,भूषण राई,लाक्पा शेर्पा,रमेश राई साम्देन तामाङ,हाङ्सुहाङ लिम्बु,धर्मरा तामाङ,अर्मत तामाङ,अनिल राई,भिम लिम्बू,दिपेन राई,साक्थिम लिम्बू,गंगा लिम्बू,सुन्दर लिम्बू र रोहित लिम्बू रहेका छन।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार