डबल फोर्टिन पिक आरोहिको नेतृत्वमा सयौं जनता समाजवादी प्रवेश(भिडियो सहित )

दिपेश राई (याम्फु)
मंसिर ३, संखुवासभा / विभिन्न राजनीतिक दल त्यागेर डबल फोर्टिन पिक आरोही सानू शेर्पा र दावा वाङ्चु शेर्पाको नेतृत्व जनता समाजवादीको नीति सिद्धान्तमा आस्था रहने भन्दै जनता समाजवादी पार्टी प्रवेश गरेको छ।

संखुवासभा जिल्लाको नुममा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रममा आरोही द्वय सानू शेर्पा र दावा वाङ्चु शेर्पाले नेतृत्व गर्दै जनता समाजवादी पार्टी प्रवेश गरेको हो । नुममा पार्टी प्रवेश गर्ने जम्मा १२० जना रहेका छ्न । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा पार्टी प्रवेश भएको हो । नव प्रवेशी कार्यकर्तालाई प्रमुख अतिथी संघीय मामिला मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले अबिर माला लगाएर स्वागत गरेका थिए ।

त्यसैगरी नव प्रवेश गर्ने कार्यकर्तालाईजनता समाजवादी पार्टी कार्यकारिणी सदस्य रकम चेम्जोङ केन्दृय सदस्य आङकाजी शेर्पा दिपक याक्खा लिला सिटौला अर्जुन थापा लगायतका नेताले अबिर खादा लगाएर स्वागत गरेका थिए ।

कार्यक्रमलाई संबोधन गर्दै मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बिकास जनताको लागि भएको भन्दै जनता जहाँ छ नेता त्यहीँ पुग्नुपर्ने बताए । जनता कुना कन्दरा,हिमाल,तराई बेँसी जहाँ छ त्यहाँ पुग्नुपर्ने बताए । मन्त्री श्रेष्ठले लिम्बुवान किरात शेर्पालुङको संखुवासभा धनकुटा भोजपुरमा नारद थुलुङ जस्ता जननेताको जन्म भए पनि बिकासको अवस्था नाजुक भएको बताए । आफू कोशी राजमार्ग भएर नै आएको बताउदै यस क्षेत्रको बिकासको लागि किमाथांका नाकासम्म बिकासको लागि जनता समाजवादीले पहल गर्ने आश्वासन दिए ।

यस अघि केपि ओलि एमालेले गरेको बेथितिलाई अवको गठबन्धन सरकारले भत्काएर सम्हालेर जाने बताए । एमाले नाम मात्र्को कम्युनिस्ट भएको भन्दै दक्षिणपन्थी कमाउने काम मात्र गरेको आरोप लगाए । एमाले कै कारण अरु तेस्रो पछि परेको बताए । केपि ओलिले बालुवाटार बसेर नाम लेखाउन मात्र शिलान्यास गरेको भन्दै योजनामा एक रुपैया पैसा नछुट्याएको बताए । उनले एमालेले अर्थ ब्यबस्था तहसनहस गरेको आरोप लगाउदै राजश्व संकलन थोरै चालू बजेट बढी देखाउने गरेको बताए ।तर त्यो बजेट अन्त्यमा बीस प्रतिशत पनि खर्च नगरेको बताए ।बिकासको नाममा जनताको जग्गा हडपेर मुअब्जा नदिने गरेकोले जनताले मुअब्जा माग्दा उल्टै प्रहरी लगाएर लाठीचार्ज गर्ने गरेको बताए । बिकास मानव समुदायको लागि भएको भन्दै मानव समुदाय बिस्थापित गरेर बिकास नहुने बताए ।                                                            https://m.facebook.com/story.php?story_fbid=654160738903384&id=100000408081313

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार