भोटखोला वडा नम्बर २ विभाजन माग गर्दै मन्त्रीसमक्ष ज्ञापनपत्र बुझायो,मकालुको माङ्सिमा छुट्टै वडा बनाउन गाउँपालिकाको सिफारिस

दिपेश राई (याम्फु)
मंसिर ३,संखुवासभा । स्थानीय पुनर्संरचनापछि काय भएको साबिकको चेपुवा गा.बि. स. सिङ्गो वडा बनाउदा स्थानीय सेवाग्राहीले सास्ती भोग्नुपरेको र संघीयता मर्म बिपरित भएको भन्दै मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ ।

संखुवासभा जिल्लाको मकालु गाउँपालिकाको नुममा जनता समाजवादी पार्टीको बृहत पार्टी प्रवेश कार्यक्रममा आएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठसमक्ष ज्ञापन पत्र बुझाएको छ ।

भोटखोला गाउँपालिका वडा नम्बर २ च्याम्ताङ गाउँका पासाङ भुदर लामाको नेतृत्वमा मन्त्री समक्ष वडा विभाजनको ज्ञापन पत्र बुझाएको कुरा पासाङ भुदरले बताए । उनले मन्त्रीसमक्ष ज्ञापन पत्र बुझाएको बताउदै सिङ्गो चेपुवा गा .बि.स. लाई एउटा वडामा राख्दा त्यहाँका स्थानीय बासिन्दाले दुख पाएको बताए । उनले वडा विभाजनको कुरा स्थानीय पुनर्संरचनासंगै वडा विभाजन हुनासाथ असन्तुष्टि जनाएको बताए । तर हालसम्म यस विषयमा कहिँ कतै सुनुवाइ नभएको गुनासो गरे ।

यस्तै समस्या हालको मकालु गाउँपालिकामा पनि रहेकोले यसको समाधानको लागि वडासमितिले निर्णय गरेर गाउँपालिकामा निर्णय गराई मन्त्रीसमक्ष सिफारिस गरिएको छ।गाउँपालिकाको सिफारिसमा मकालु गाउँपालिका वडा नम्बर ५ भौगोलिक रुपमा ठूलो भएको अर्को वडा कार्यालय जान २२ किलोमीटरको टाढा बिचमा कुनै बस्ती नभएको बिकट छेत्रमा पर्दछ। तसर्थ सो समुदायहरुको माग तथा गाउँ पालिकाको गाउँ सभाबाट समेत माङ्सिमा छेत्रलाई छुट्टै वाडा बिभाजन गर्नु पर्ने निर्णय समेत पारित भैसकेको र माङ्सिमा क्षेत्रको जनताहरुलाई राज्याबाट उपलब्ध हुने सेवा सुविधा लिन तथा स्थानीय सरकारको सेवा प्रभालाई प्रभावकारी ,ब्यवास्थित बनाउन छुट्टै वढा बनाउन उपयुक्त देखिएकोले हाल ५ नम्बर वढाको साबिक नुम गा बि सा वढा नम्बर दुईलाई यसै गाउपालिका अन्तरगत छुट्टै वडा बिभाजन गरिदिन हुन सिफारिस गरिएको ब्यहोरा अनुरोध छ उल्लेख छ।

                   ज्ञापन पत्र
माननीय मन्त्रीज्यू, मिति ः २०७८÷८÷०३
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
काठमाडौं, नेपाल ।
विषय ः ज्ञापनपत्र ।

उपरोक्त बिषयमा तत्कालीन स्थानीय तह पुनर्संरचना आयोगका अध्यक्ष बालानन्द पौडेल नेतृत्वको आयोगले संखुवासभा जिल्लालाई १० वटा स्थानीय तहमा विभाजन गर्दा भोटखोला गाउँपालिकाको सिमाङ्कनले सामुदायिक (जातीय) कलष्टरलाई न्याय गरेको देखिन्छ । यस क्रममा चेपुवा, हटिया किमाथाङ्का र पावखोलाका केही वडा गाभेर भोटखोला गाउँपालिका बनाइयो जसबाट समग्र चेपुवा गा.वि.स. एउटा वडामा संकुचित हुनपर्दा स्थानीयवासीहरुले भौगोलिक दूतार तथा विकटता दुवै एकैसाथ सामना गर्नुपरेको छ । सानो सेवा लिनका लागि पनि धेरै हिँड्नुपर्ने, सम्बन्धित जनप्रतिनिधि तथा कर्मचारिलाई समयमा भेट्न नसक्दा आफ्नो तत्काल गर्नैपर्ने आकस्मिक कार्य नहुने, सानातिना काम र प्रक्रियाका लागि धेरै समय खर्च गर्नुपर्ने वाध्यता झेलिरहनुपरेको छ ।

तत्कालिन चेपुवा गाबिसमा ९ वटा वडा भएको अवस्थामा वास्तविक संघीयताको अभ्यास भएको अवस्था थियो । नेपालकै सबैभन्दा कम मत खसेको थुदाम जुन तत्कालीन चेपुवा गाबिसको वडा नम्बर ९ हो जहाँ २०७४ सालको स्थानीय चुनाबमा राज्यले हेलिकप्टर चार्टर गरेर चुनाव गराउँदा १३ मत खसेको छ । आज त्यही थुदामका स्थानीयवासी वडाको सेवा लिन अनिवार्य १० घण्टा र गाउँपालिकाबाट सेवा लिन गाउँपालिकाको कार्यालय हटिया पुग्न पूरै दुई दिन लाग्छ जुन चेपुवा गाबिस हुँदा भने गा.वि.स. कार्यालय च्याम्ताङ हुँदा यत्तिको सास्ती ब्यहोर्नु परेको थिएन । त्यसैगरी हालको वडा नम्बर २ को दक्षिणी क्षेत्रमा रहेको रुकुमा गाउँबाट पनि वडा कार्यालय रहेको च्याम्ताङ गाउँ आएर सेवा लिन पुरै एक दिन लाग्ने छ । यस्तै तवरले तत्कालीन किमाथाङ्का गा.वि.स. सिङ्गो वडा हुनसक्ने हटिया गा.वि.स. ३ वटा वडामा विभाजन हुँदा भौगोलिक रुपमा विशाल र विकट रहेको सिङ्गो चेपुवा गा.वि.स. एउटा मात्र वडा बन्दा त्यहाँका स्थानीयवासीले अधिक सास्ती भोगिरहेका छ्न । यसका साथै गाउँपालिकाको वार्षिक कार्ययोजनामा विकास निर्माण योजनाहरु भूगोलका आधारमा नभएर वडाकै आधारमा बन्ने गरेकाले ठूलो भूगोल भएका वडाहरु मारमा परेको समेत स्पष्ट छ ।

स्थानीय तहको पुनर्संरचनापछि निर्वाचित जनप्रतिनिधिलाई यस विषयमा पटकपटक ध्यानाकर्षण गराउँई वडाको सिमाङ्कनपछि पनि जनगुनासो राखी वडा विभाजन हुनुपर्ने माग गरिए पनि कति पनि सुनुवाइ नभएकाले दोस्रो चुनाव नजिकै आइसकेका हुनाले तत्काल वडा विभाजन गरी वास्तविक संघीयताको अभ्यास गरेर कार्यान्वयन गर्दा त्यहाँका स्थानीयवासीले भोगेको पीडा र सास्तीलाई निराकरण गर्न माननीय मन्त्रीज्यूसमक्ष वडा विभाजनमा भौगोलिक पक्ष गम्भीर रूपबाट अध्ययन गरी÷गराई यथोचित कदम उठाउनका लागि यो गम्भीर ध्यानाकर्षणका लागि यो ज्ञापन–पत्र बुझाएका छौं ।
बोधार्थ
१. भोटखोला गाउँपालिका २ नं. वडा कार्यालय, च्याम्ताङ
२. भोटखोला गाउँपालिका, हटियागोला, संखुवासभा
३. १ नं. प्रदेश सरकार, विराटनगर, मोरङ

निवेदकको नाम, थर, वतन र दस्तखत
१. पासाङ भुदर लामा, च्याम्ताङ
२. तेन्जिङ भोटे, छुम्सुर
३. मिन्टु भोटे, च्याम्ताङ


मकालु गाउँपालिकाले वडा विभाजनको लागि गरेको सिफारिस

बिषय : वडा विभाजन सिफारिस सम्बन्धमा

श्री माननीय मन्त्रीज्यू,
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबार,काठमाडौ

प्रस्तुत विषयमा संखुवासभा जिल्ला मकालु गाउँ पालिका वार्ड न ५ भौगोलिक रुपमा ठूलो तथा जनसंख्या धेरै रहेको वडा हो। सोही वडाको माङ्सिमा भन्ने स्थान वडा कार्यलयाबाट २२ कि मि टाढा बिचमा कुनै बस्ती नभएको बिकट छेत्रमा पर्दछ। उक्त स्थानमा जम्मा घर धुरी जम्मा ३२५ तथा जनसंख्या १५०० रहेको छ। सो स्थानका बासिन्दाहरु वडा कार्यालयबाट सेवा सुविधा लिन एक दिन हिड्नु पर्ने बाध्यता रहेको छ।तसर्थ सो समुदायहरुको माग तथा गाउँ पालिकाको गाउँ सभाबाट समेत माङ्सिमा क्षेत्रलाई छुट्टै वडा बिभाजन गर्नु पर्ने निर्णय समेत पारित भैसकेको र माङ्सिमा क्षेत्रको जनताहरुलाई राज्यबाट उपलब्ध हुने सेवा सुविधा लिन तथा स्थानीय सरकारको सेवा प्रभालाई प्रभावकारी ,ब्यवस्थित बनाउन छुट्टै वडा बनाउन उपयुक्त देखिएकोले हाल ५ नम्बर वडाको साबिक नुम गा बि स वडा नम्बर दुईलाई यसै गाउपालिका अन्तरगत छुट्टै वडा बिभाजन गरिदिन हुन सिफारिस गरिएको ब्यहोरा अनुरोध छ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार