संखुवासभामा भारी परिमाणको जाँडरक्सी पक्राउ पछि नष्ट

मंसिर ३,धरान / पछिल्लो समयमा आएर घरेलु जाँडरक्सी नियन्त्रण बरामद हुने क्रम तीब्र रूपमा हुँदै आएको छ ।

यसै क्रममा संखुवासभा जिल्लाको खाँदबारी नगरपालिका वडा नम्बर ९ को तुम्लिङटार स्थित मनकामना मन्दिर परिसरबाट भारी मात्रामा घरेलु जाँडरक्सी बरामद गरेको कुरा  जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । बरामद गरिएका सबै जाँडरक्सी नष्ट गरिएको पनि जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले -`जिल्ला संखुवासभा खाँदबारी नगरपालिका वडा नं. ९ तुम्लिङ्टार स्थित मनकामना मन्दिर परिसरमा बार्षिक रुपमा लाग्ने हरीबोधनी एकादशी मेलाको सुरक्षार्थ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटी गएको प्रहरी टोलीले लुकाई छिपाई राखेको अवस्थामा घरेलु मादक पदार्थ सुरुवा २३०.५ लिटर, घरेलु मदिरा रक्सी ४८.२५ लिटर, ६ ड्रम २ बोरा जाँड र १ ड्रम ४ ग्यालिन सरुवा बरामद गरि बरामद घरेलु मदिरा सुरुवा २३०.५ लिटर, घरेलु मदिरा रक्सी ४८.२५ लिटर करदाता सेवा कार्यालय खाँदबारी संखुवासभालाई रितपूर्वक बुझाईएको र ६ ड्रम २ बोरा जाँड र १ ड्रम ४ ग्यालिन सरुवा मिति २०७८/०८/०२ गते स्थानिय जनप्रतिनिधि भद्रभलादमीको रोहवरमा नष्ट गरिएको।´

देश संघीयता लोकतान्त्रिक गणतन्त्र आएपछि भने संखुवासभा जिल्लाको उत्तरी भोटखोलामा गाईगोरु समेत लान नदिएर सास्ती ब्यहोर्नु परेको छ् भने स्थानीय उत्पादन जाँडरक्सीमा कडाई गरिदै आएको छ ।

प्रदेश सरकारले ब्याण्ड होइन ब्राण्डिङ गर्ने नितिको व्यापक छलफल भैरहँदा यता स्थानीय उत्पादन पक्राउ गर्ने र नष्ट गरिदै आएको छ । नेपाली बजारमा करको नाम दिएर बिदेशी महंगो रक्सी खुलेआम बिक्री भैरहेको छ ।स्थानीय उत्पादनलाई करको दायरामा ल्याएर गुणस्तरीय उत्पादनमा जोड दिनुपर्नेमा अबैधको  संज्ञा दिएर दुख दिने काम भैरहेको छ । यसता कामको जनप्रतिनिधि मुकदर्शक बनेर बसिरहेका छ्न । (तबिर : जिल्ला प्रहरी कार्यालय संखुवासभाको फेसबुक पेजबाट )

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार