मुख्यमन्त्री राजेन्द्र राईले पाए बिश्वासको मत

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत पाएका छन् । प्रदेश सभाको बुधबार बसेको बैठकमा मतदान हुँदा मुख्यमन्त्री राईले विश्वासको मत पाएका हुन् ।

प्रदेश १ मा ९२ सदस्यीय रहेको प्रदेश सभा छन । बुधबार भएको बैठकमा मतदान हुँदा मुख्यमन्त्री राईको पक्षमा विश्वासको मत परेको हो । प्रस्तावको पक्षमा ५० मत पर्दा विपक्षमा २९ मत परेको कुरा प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।मुख्यमन्त्री राईलाई विश्वासको मत दिनेमा गठबन्धन दलहरु थिए । मत दिने दलमा नेपाली काङ्ग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा समाजवादी,जनता समाजवादी र संघीय लोकतान्त्रिक राष्ट्रिय मंच थिए । प्रतिपक्षी एमालेको सभामुख सहित ४१ मत छन । मतदानको बेला एमाले १३ सांसद अनुपस्थित भएपछि २९ मत मात्र परेको हो ।

यस अघि मुख्यमन्त्री भीम आचार्यले मुख्यमन्त्री पदबाट राजीनामा गरेका थिए ।राजिनामा दिएपछि गठबन्धनबाट राजेन्द्र राई मुख्यमन्त्री को दाबेदार बनेपछि कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार