देवान जाती याक्खा होइन – जंग पुत्लुङ्हाङ

धरान/ नेपाल हालको अवस्था रहेका आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचीकरण भएका याक्खा जाती देवान फरक भएको जनाएको छ ।

किरात देवान समाजका कार्यवाहक अध्यक्ष जङ्ग पुत्लुङहाङ देवानले बलिहाङ पर्व, मासामाहाङ ५०८१ र दिपावलीको शुभकामना आदन प्रदान कार्यक्रममा देवान जाति याक्खा नभएको बताए । उनले देवानको छुट्टै आफनै भाषा, संस्कृति रहेको जाति भएको बताए ।

गत कार्तिक १८ गते समाजले धरानमा आयोजना गरेको कार्यक्रममा उनले केही केही मान्छेले सत्ताको दुरुप्रयोग गरेर देवान भनेकै याक्खा हो भनेर लेख्दै हिडेकाले त्यस्ता कार्य तत्काल रोक्न समेत चेतवानी दिएका छन् । कार्यवाहक अध्यक्ष देवानले राज्यको नीति निर्माण गर्ने ठाउँमा देवान जाति पुग्न देवान जातिले ठूलो बलिदान गर्नु पर्नेे बताएका छन् । देवान जाति राज्यको नीति निर्माण गर्ने ठाउँमा पुग्न अझै ५० बर्ष लाग्ने समेत औल्याएका छन् । उनले देवान जाति आर्थिक तथा जनसंख्यामा पनि पछि रहेको बताए ।
कार्यक्रममा समाजक केन्द्रीय कोषाध्यक्ष मनप्रसाद देवान, केन्द्रीय सदस्यहरु होम पुत्लुङहाङ देवान, किरण देवानको उपस्थिति रहेको थियो । कार्यक्रम देवान जाति, संस्कार र भाषा ः व्याकरण र शब्दभण्डार पुस्तकका आवरण परिकल्पनाकार मनिसुन्दर खत्री दाहालले सञ्चालन गरेका थिए । समाजले हालै देवान जाति, संस्कार भाषा, व्याकरण र शब्दभण्डार नामक पुस्तक प्रकाशन गरेको छ । नेपालमा १२ जिल्लामा बसोबास पाइने देवान जातिको जनसंख्या भने ७ हजार ९ सय ४२ रहेको पाइन्छ । मुल आदिवासी किरात देवान जातिले आफनो ऐतिहासिक तथ्य प्रमाणहरु जुटाउन लागि परेको छ ।

कार्तिक १६ गते देवान जाति, संस्कार भाषा, व्याकरण र शब्दभण्डार नामक पुस्तक समेत विमोचन गरेको छ । विमोचन कार्यक्रका प्रमुख अतिथि त्रिभुवान विश्वविद्यालयका भाषा विज्ञान केन्द्रीय विभागका सहप्रा डा. कर्णाखर खतिवडा रहेका थिए । अतिथिहरुमा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, नेपाली लेखक संघका केन्द्रीय सदस्य प्रा.डा. गोपालप्रसाद भण्डारी, डा. मोहनकुमार तुम्वाहाङ, कवि वम देवान, डा योगेन्द्र पालुङवा, डोटेली भाषाका भाषाविद हरिप्रसाद खतिवडा, साहित्यकार कुन्ता शर्मा, सहप्राध्यापक हरिप्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो । विमोचन कार्यक्रम पुस्तक लेखक जङ्ग पुत्लुङहाङ देवानको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालक पुस्तकका अर्का लेखक गोपी खतिवडाले गरेका थिए । प्रा. डा. टङकप्रसाद न्यौपानेले सम्पादन गरेको सो पुस्तकका लेखक होम पुत्लहाङ देवान समेत रहेका छन् । पुस्तकको आवरण देवान राजा हिलिहाङको रहेको छ । यो आवरणको परिकल्पना धरान–१४ का मनिसुन्दर खत्रीले गरेको भनाई छ ।
अल्पसंख्याक देवान जातिको ऐतिहासिक पृष्ठभुमि हेर्दा देवान जाति सुनसरीको देवानगञ्जमा औलोको प्रपोकले बेलेपुर हुदै इलामको देवानछाप भन्ने ठाउँमा पुगेको तथ्य पनि भेटिन्छ । किरातीहरुमध्ये आदिवासी, जनजातिमा पर्ने देवान जातिको एकात्मक जातिवादी राज्यव्यवस्थाका कारण भाषा, संस्कृति मृत अवस्थामा पुगेका छन् । किरात धर्म मान्ने देवान जातिको पनि अन्य जनजातिको जस्तै भााषा, संस्कार, संस्कृति रहेको पाइन्छ । यो जातिलाई अहिलेसम्म पनि यो एकात्मवादी राज्यसत्ताले एक जातिका रुपमा स्वीकार गर्न नै नसकेको अवश्था छ । यो जातिले आफुलाई स्थापित गर्न आफनो भाषा, संस्कार, संस्कृतिको व्यापाक रुपमा प्रचार प्रसार र दबाब सिर्जना गर्न खाँचो छ । आफनो जातिको अस्तित्वको लागि सजग र सर्तक भई देवान जातिले लड्न जरुरी छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार