मूल्य वृद्धि विरुद्ध बिप्लबको बन्द

कार्तिक ३०,धरान । पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको बिरोधमा नेपाल कम्युनिस्ट बिप्लब समुहले नेपाल बन्द गरेकोमा यातायात पसल सबै बन्द भयो ।

कार्तिक ३० गते बिप्लबले मूल्य वृद्धि विरुद्ध बन्दको आह्वान गरेका थिए । मंगलबार भएको बन्दमा धरानबाट लामो तथा छोटो दुरिका सबै सवारी चलेन । धरान भित्र सिटि सफरी बाहेक कुनै पनि ठुला सवारी चलेन । त्यसैगरी धरानका सबै पसल बन्द रहे ।

मंगलबारको बन्दमा इटहरीका पसल पनि बन्द थिए ।त्यसैगरी दुहबी बिराटनगरको मेनलाईनमा रहेको बजार पनि बन्द थियो । बिराटनगरको भित्री पसल बने खुलेको थियो ।

शेरबहादुर देउवाको गठबन्धन सरकारले पेट्रोलियम पदार्थमा कार्तिक २४ गते मूल्य वृद्धि गरेर पेट्रोल मुल्य प्रतिलिटर १३६ रुपैया डिजेल र मट्टीतेल प्रतिलिटर ११९ रुपैया र खाना पकाउने एलपी ग्यास प्रती सिलिन्डर १५७५ रुपैया कायम गराएको छ ।

इटहरी

यस अघि केपि ओलि एमाले सरकारले २०७६ सालदेखि निरन्तर मूल्य वृद्धि गर्दै आएको छ । वर्तमान गठबन्धन सरकारले पनि पेट्रोलियम पदार्थमा मूल्य वृद्धिमा निरन्तरता दिएर जनताको ढाड सेक्ने काम भएको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार