भोटखोला २ नम्बर वडा विभाजन गर्न वडा अध्यक्ष र गापा प्रमुख सकारात्मक (फोन वार्ताको भिडियो सहित)

कार्तिक २९,धरान । संखुवासभा जिल्लाको उत्तरी स्थानीय तह भोटखोला गाउँपालिका वडा नम्बर २ लाई वडा विभाजन गर्न भोटखोला गाउँ पालिकाका अध्यक्ष र वडा नम्बर २ का वडा अध्यक्ष सकारात्मक भएको छ ।

चिसेफायुले सार्वजनिक महत्वको कुरालाई उठान गर्दै भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे र वडा नम्बर २ का वडा अध्यक्ष छिरिङ छेदरसंग फोन वार्ता गरेका थिए । फोन वार्ताको क्रममा गापा अध्यक्ष तेम्बाले भौगोलिक दृष्टिकोणले वडा विभाजन आवस्यक रहेको बताए । उनले यस अघि नै यस बिषय कुरा अगाडि बढाएको बताए । संघीय मामिला मन्त्रालयमा भौगोलिक दुरिको कुरा राख्दा यस्तो समस्या भए वडा विभाजन गर्न सकिने जवाफ दिएको बताए । उनले ऐन कानुले चुनाब सकिएको छ महिना अघि र अर्को चुनाब आउन छ महिना अघि यस विषयमा लाने प्रावधान रहेको भन्दै वडाबसिको चासो र वडाले निर्णय गरेको अवस्थामा गाउँ कार्यपालिकाले सहर्ष रुपमा पारित गरेर पठाउने प्रतिबद्धता जनाए । गापा अध्यक्ष तेम्बाले गाउँ कार्यपालिकाको बैठक यहि मंसिर ७ गते बस्ने तय भएको भन्दै वडाबाट निर्णय भएर आएको खन्डमा मंसिर ७ गतेको बैठले पारित गरेर सम्बन्धित निकाय पठाउने प्रतिबद्धता जनाए । कुरा अगाडि बढाएको बताए । संघीय मामिला मन्त्रालयमा भौगोलिक दुरिको कुरा राख्दा यस्तो समस्या भए वडा विभाजन गर्न सकिने जवाफ दिएको बताए । उनले ऐन कानुले चुनाब सकिएको छ महिना अघि र अर्को चुनाब आउन छ महिना अघि यस विषयमा लाने प्रावधान रहेको भन्दै वडाबसिको चासो र वडाले निर्णय गरेको अवस्थामा गाउँ कार्यपालिकाले सहर्ष रुपमा पारित गरेर पठाउने प्रतिबद्धता जनाए । गापा अध्यक्ष तेम्बाले गाउँ कार्यपालिकाको बैठक यहि मंसिर ७ गते बस्ने तय भएको भन्दै वडाबाट निर्णय भएर आएको खन्डमा मंसिर ७ गतेको बैठले पारित गरेर सम्बन्धित निकाय पठाउने प्रतिबद्धता जनाए ।

वडा बिभाजनको कुरालाई लिएर वडा अध्यक्ष छिरिङ छेदर भोटेसंग पनि फोन वार्ता भएको छ । उहाँले पनि वडा बिभाजन गर्न आवस्यक भएको बताए । उनले त्यहाँका स्थानीयसंग नै छलफल गर्नुपर्ने बताए । स्थानीयको माग हो भने वडा बिभाजनको लागि वडा समिति तयारी रहेको बताए । आफू वडा अध्यक्ष भएर टुक्राउने र टुक्राउनु हुन्न भन्नुभन्दा पनि स्थानीयको भावना अनुसार आफू जाने बताए । उनले अरु वडाको तुलनामा वडा नम्बर २ सेवा सुबिधा दिन भौगोलिक कारण कठिन नै रहेको बताए । वडा अध्यक्ष छिरिङ छेदर अहिले पनि सेवा केन्द्रको शाखा लिङममा रहेको र अघोषित रुपमा वडा बिभाजन भएको स्वीकार गरे । वडा बिभाजन गर्दा पनि हाल सजिलै भएको बताए ।  हालको सेवा केन्द्रको अवस्थालाई हेरेर वडा बिभाजन गर्दा हुने बताए ।उनले वडा बिभाजन आवस्यक भएकोले नै दुई ठाउँबाट चलाईरहेको बताए। अहिलेको परिस्थितिमा त वडा बिभाजन अपरिहार्य भएको बताए । वडा अध्यक्ष छिरिङ छेदरले मंसिर ७ गते अगाडि नै वडा समितिको बस्ने प्रतिबद्धता जनाए । त्यसमा स्थानीयको राय सल्लाह सहितमा वडा बिभाजनको प्रस्ताव राख्ने प्रतिबद्धता जनाए ।

चिसेफायुले स्थानीय पुनरसंरचनापछि भएको पहिलो चुनाब भएपछी नै निर्वाचित गाउँपालिकाका वर्तमान अध्यक्ष तेम्बा भोटे र वडा नम्बर २ का वडा अध्यक्ष छिरिङ छेदर भोटेसंग वडा बिभाजनको कुरालाई बाराम्बार उठान गर्दै आईरहेका छन ।
बालानन्द पौडेलको अध्यक्षतामा रहेको स्थानीय पुनर्संरचना आयोगले गाउँपालिकाको सिमांकन गर्दा तत्कालीन चेपुवा,हटिया,किमाथांका र पावखोला गाबिसका केही भाग मिलाएर भोटखोला गाउँपालिका गठन गरिएका थिए । तर वडा बिभाजन गर्दा नेपालको सबैभन्दा सानो गाबिस किमाथांका एउटा वडा बनाए,सबैभन्दा ठूलो गाबिस चेपुवा पनि एउटा गाबिस र हटिया सिङ्गो गाबिस भने तीन वटा वडामा बिभाजन गरेका थिए । चेपुवाको सबैभन्दा टाढा थुदामबाट वडा कार्यालय आउन पुरै एकदिन लाग्छ भने गाउँपालिका कार्यालय हटिया पुग्न पुरै दुई दिन लाग्छ । पुनरसंरचना अघि चेपुवा गाबिसमा नौ वटा वडामा थुदाम वडा नम्बर ९ थिए । संघीयता आएपछि हिमाली पहाडी क्षेत्रमा झन समस्या देखिएको र संघीयताको मर्म बिपरित रहेको देखिन्छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार