घरमा आगलागी मृगौला पिडितलाई पचास हजार बराबरको सहयोग

नबिन रम्तेल
धरान,कार्तिक २६,। दुबै मृगौला फेल भइ लगातार ८ बर्षदेखि डाईलासिस गरिरहेकि धरान-१७ निवासी जानु बिश्वकर्माको घरमा लक्ष्मीपूजाको दिन भीषण आगलागी भयो।

उक्तदिन श्रीमान महेन्द्र दियालीले घरमा पूजा गरेर दियो बाली जानुकालाई डाईलासिस गर्न भनि धरानकै बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगे । फर्कदा भाडामा बस्दै गरेको घर सहित सबै धनमाल खरानी भएको देख्दा उनको पिडा माथि झन् पिडा थपियो । त्यसै त लामो समयदेखि थलिएकि श्रीमतीको उपचारले आफ्नो अवस्था नाजुक भएको त्यहि माथि चाढबाढको बेला एस्तो हुनुले मर्माहत बनाएको दुखेसो गरे उनले ।

घटना भएकै दिन होप धरानका अध्यक्ष समाजसेवि निश्चल पलिखेले घटनास्थल मै पुगेर ५ हजार नगद प्रदान गरे।सबैतिर तिहारको उल्लास भै रहदाँ दियालीको एकातिर बास नै नरहेको अर्को तिर मृगौला रोगी श्रीमतिको अवस्थाले आफुलाई समेत चिन्ता लागेको बताए। सोहि दिन होप धरानका सह सचिव अनुप खतिवडाले पनि एकबोरा चामल काँधमा हालेर पिडितको जिम्मा लगाए।

कार्तिक २६ गते धरानका जनप्रतिनिधिहरु र विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिघरुको उपस्थितिमा होप धरानले ४५ हजार रुपैयाँ बराबरको सहयोग पिडितलाई प्रदान गरेर अर्को मानवता प्रस्तुत गरे।सोहि क्रममा सामाजिक अभियन्ता शिव नानाले १५हजार बराबरको जस्तापाता, होप धरानक हङकङ ओभर्सिज एड्भरटाईजर सुन्ल लिम्बू र ममता रसाइलीले आफ्नो बुबाको पुण्य स्मृतिमा २० हजार बराबरको लत्ताकपडा, बिर्तामोड डाईग्नोष्टिक एण्ड पोलिक्लिनिक प्रा.लि धरानका नरेन्द्र देव बाट ५ हजार ५ सय र महिला जनप्रतिनिधि निरमाया लकान्द्रीले १ हजार नगद प्रदान गरिएको समेत होप धरानका अध्यक्ष पलिखेले बताए।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार