धरानमा गणकलाई यस्तो समस्या,स्थानीय कार्यालयको दयनीय अवस्था

कार्तिक २६, धरान । बाह्रौ राष्ट्रिय जनगणनाको पहिलो दिन कार्तिक २५ गतेबाट देशभर शुरु भएको छ । प्रदेश नम्बर १ विकसित शिक्षित उपमहानगर भनेर चिनिने एउटा धरान पनि हो ।

धरान उपमहानगरमा २५ गते खटिएका गणकमा त्यहाँका स्थानीयले सोधिएको जवाफमा आनाकानी गर्दा समय ब्यतित भएको गुनासो गणकले गरेको कुरा स्थानीय जनगणनाको कार्यालय धरानका प्रमुख रामचन्द्र कार्कीले बताए । गणक आउदा गेट नखोलिदिने तलामा बसेर तल नझरिदिनाले पनि गणकलाई तथ्यांक संकलन गर्न समस्या भएको गुनासो आएको प्रमुख कार्किले बताए । गणकले प्रश्न गर्दा उत्तर दिन आनाकानी गर्ने, अन्य आफन्तलाई सोध्न भनेर फोनमा लामो समय कुरा गर्ने जस्ता समस्या भएको बताए।

गणकले प्रश्नावली सोद्धा कर बढाउनको लागि होला भनेर जवाफ नदिने,यसले रोजगार दिन्छ र भनेर प्रती प्रश्न गरेर सहि जवाफ नदिने गरेको पनि गणकले गुनासो गरेको कुरा स्थानीय जनगणना कार्यालय धरानका प्रमुख कार्किले बताए । प्रमुख कार्किले बिहीवार धरान वडा नम्बर १७ मा पेन्सिलले लेखेको पाइएको बिसयमा पेन्सिलले लेख्नै नमिल्ने मात्र होइन डट्पेन पनि कालो नभै निलो प्रयोग गर्नुपर्ने बताए । त्यसैगरी कोड नम्बर अक्षरमा लेखेपछी अंक नेपाली नभै अङ्ग्रेजी अंकमा लेख्नुपर्ने बताए ।

जनगणनाको कार्यालयको नाममा धरानमा एउटा कम्प्युटर पृन्टर पनि नभएको पाईयो । २५ गते बिहिवार जनगणनाको शाखा कार्यालय इटहरी पुगेर स्थानीय कार्यालय धरानको सदन स्कुल स्थित पुग्दा त्यहाँ ब्यबस्थापन कमजोर देखियो । धरान उपमहानगर भित्र खटिने गणकको नाम नम्बर माग्ने क्रममा त्यहाँका कर्मचारीले हातले लेखेर राखिएको सम्पर्क नम्बर खिचेर लानुपर्ने नाजुक अवस्था देखियो । सामाजिक संचालन इन्टरनेटको जमानामा स्थानिय कार्यालयमा एउटा ल्यापटप र पृन्टरसम्म नहुनु भनेको कार्यालयको नाम मात्रको देखियो । त्यहाँका कर्मचारी आफ्नै खर्चले फोन गर्ने हातले कपिमा सम्पर्क नम्बर टिप्ने दयनिय अवस्था देखियो । उनिहरुलाई सम्पर्क नम्बर माग्दा ब्यक्तिगत पृन्ट गरेको लेखिएको नम्बर फोटो खिचेर लानु बाहेक अरु उपाय छ । कर्मचारीहरु यस्तो दयनिय अवस्थाको गुनासो पनि पोखे ।

हाल धरान उपमहानगर भित्र रहेको २० वटा वडाको लागि ४८ जना सुपरिवेक्षक रहेका छन । त्यसैगरी २०८ जना गणक खटेर तथ्यांक संकलन गरिरहेका छन ।
(हातले लेखेर राखिएका गणकको संपर्क नम्बर )

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार