हतियार सहितको सुरक्षाकर्मी अदालत छिरायो

कार्तिक २५, धरान । आन्दोलनरत कानून ब्याबसायिहरुले न्यायलय अदालतमा हातहतियार सहितको सुरक्षाकर्मी प्रवेश गराएर आन्दोलन दवाउन खोजिएको आरोप नेपाल बार एसोसिएसनले लगाएको छ ।

एसोसिएसनले प्रेस बिज्ञप्ति जारी गर्दै आजको शान्तिपूर्ण विरोध सभामा प्रधान न्यायाधीशको ठाडो आदेशमा हतियार सहितका सुरक्षाकर्मीहरु अदालत भित्रै प्रवेश गराई शान्तिपूर्ण कार्यक्रममा रहेका कानून व्यवसायी माथि अत्याधिक बल प्रयोग र हातपात गरेको आरोप लगाएको छ ।हातपात गर्दा हाम्रा कानून व्यवसायीहरु नेबाए पूर्व उपाध्यक्ष बरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य, नेबाए उपाध्यक्ष अधिवक्ता रक्षा वस्याल, नेबाए महासचिव अधिवक्ता लीलामणि पौडेल, नेबाए पूर्व केन्द्रिय सदस्य रमण कुमार कर्ण, अधिवक्ता मुकुन्द भट्राई लगायतका कानून व्यवसायीहरु घाइते भएको बिज्ञप्तिमा उल्लेख छ ।

बिहिवार भएको घटनाको बिरोधमा बार एसोसिएसनले २६ गतेका दिन सर्वोच्च अदालतका सम्पूर्ण बेञ्चमा कुनै पनि मुद्वामा वहस पैरवी नगर्ने, वेञ्च बहिष्कार गर्ने र माननीय न्यायाधीशज्यूहरुलाई समेत प्रधान न्यायाधीश चोलेन्द्र सम्सैर राणाले तोक्ने वा तोकेका इजलासमा नवस्न उर्दी जारिगरिएको छ ।

    प्रेस बिज्ञप्ति
नेपाल बार एशोसिएशनले यहि २०७५ कार्तिक १४ गते देखि न्यायपालिकाको विकृति, विसंगती, विचौलिया, भ्रष्ट्राचारको पृष्ठपोषक प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणाको राजिनामा माग गरि निरन्तर शान्तिपूर्ण विरोध कार्यक्रम गरि आएकोमा प्रधान न्यायाधीशले विभिन्न विचौलिया,भिजिलान्तेहरुको प्रयोग गरी २०४६ सालमा पञ्चायतको अन्त हुँदा ताका प्रतिकार समिति गठन गरि लोकतन्त्रप्रेमी न्यायप्रेमी जनता विरुद्ध प्रयोग गरेकै शैलिमा बिभिन्न हतकण्डाहरु गरिआएको र आजको शान्तिपूर्ण विरोध सभामा प्रधान न्यायाधीशको ठाडो आदेशमा हतियार सहितका सुरक्षाकर्मीहरु अदालत भित्रै प्रवेश गराई शान्तिपूर्ण कार्यक्रममा रहेका कानून व्यवसायी माथि अत्याधिक बल प्रयोग र हातपात गर्दा हाम्रा कानून व्यवसायीहरु नेबाए पूर्व उपाध्यक्ष बरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य, नेबाए उपाध्यक्ष अधिवक्ता रक्षा वस्याल, नेबाए महासचिव अधिवक्ता लीलामणि पौडेल, नेबाए पूर्व केन्द्रिय सदस्य रमण कुमार कर्ण, अधिवक्ता मुकुन्द भट्राई लगायतका कानून व्यवसायीहरु घाइते हुनु भएको छ । प्रधान न्यायाधीशको यस्तो हर्कतको नेपाल बार एशोसिएशनले घोर निन्दा र भर्त्सना गर्दछ । यस्तो हर्कत भविष्यमा नदोहोर्‌याउन चेतावनी समेत दिन चाहान्छौं । आफ्नै अदालत र कानून व्यवसायीबाट मात्र नभएर आम नागरिकबाटै वहिस्कृत प्रधान न्यायाधीशको विरोधमा नेबाए र आवद्ध सम्पूर्ण एकाईहरुले भविष्यमा थप कठोर कदम चाल्न बाध्य हुने व्यहोरा जानकारी गराउँदै भोलि मिति २०७८।०७।२६ गतेका दिन सर्वोच्च अदालतका सम्पूर्ण बेञ्चमा कुनै पनि मुद्वामा वहस पैरवी नगर्ने, वेञ्च बहिष्कार गर्ने र माननीय न्यायाधीशज्यूहरुलाई समेत प्रधान न्यायाधीश चोलेन्द्र सम्सैर राणाले तोक्ने वा तोकेका इजलासमा नवस्न र भोलि मिति २०७८।०७२६ गते विहान ९:३० बजै नै सम्पूर्ण कानून व्यबसायीहरुलाई नेबाएमा उपस्थित हुन समैत अपिल गर्दछौँ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार