भोटखोलामा बजेट कार्यान्वयनको लागि उपभोक्ता समिति गठन

संखुवासभा (भोटखोला ) / चालू आर्थिक वर्षको बजेट कार्यान्वयनको लागि संखुवासभा जिल्लाको शिङ्सा क्षेत्र भोटखोला वडा नम्बर २ मा उपभोक्ता समिति गठन भएको छ ।

भोटखोला गाउँपालिका वडा नम्बर २ को च्याम्ताङ गाउँको लागि विनियोजित ११ लाख मध्ये वडा समिति कार्यालय परिसरमा तारबार लगाउन विनियोजन गरिएको ७ लाखको लागि उपभोक्ता समिति गठन भएको छ ।

वडा समितिले औपचारिक बैठक आह्वान गरि लाप्साङ सेच्याको अध्यक्षतामा २१ सदस्यीय उपभोक्ता समिति गठन गरिएको छ । समितिको सचिबमा छिरिछेम्बी भोटे,सहसचिव मिक्मा भोटे कोषाध्यक्षमा पासाङ भुटिक रहेका छ्न ।

चालू आर्थिक वर्षमा वडा नम्बर मा ६९ लाख विनियोजित मध्ये २ अन्तर्गत च्याम्ताङ गाउको लागि ११ लाख रुपैया विनियोजन भएको कुरा वडा सचीव दावा लामाले जानकारी दिए । चालू आर्त्बिक वर्षमा ७ लाखको वडा समिति तारवार लगाउन,सप्तरंगी युवा क्लब हावाघर निर्माणका लागि एक लाख पचास हजार,सांस्कृतिक जगेर्ना कार्यक्रमको लागि पचास हजार र तिर आर्चरीको लागि २ लाख रुपैया सहित ११ लाख रुपैया विनियोजन भै कार्यान्वयनको लागि अघि बढेको छ ।बैठक वडा सदस्य ठौ भोटेको अध्यक्षतामा बसेको हो ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार