नेपाल सम्बत ११४२ को अवसरमा र्‍याली(फोटो भिडियो सहित)

 

कार्तिक १९, धरान / नेपाल सम्बत ११४२ को अवसरमा धरानमा औपचारिक कार्यक्रम तथा र्‍यालिको आयोजना गरिएको छ ।

प्रदेश १ का सभामुख प्रदीप भण्डारीको प्रमुख आतिथ्यमा धरान उपमहानगर वडा नम्बर ३ स्थित शंखधर साख्वाको शालिकमा माल्यार्पण तथा नेपाल सम्बत ११४२ लेखिएको तुल बेलुन उडाएर प्रारम्भ गरेका थिए । त्यसपछि धरान नगर परिक्रमा गरिएको हो ।
एक सर्वसाधारण ब्यक्तिको रुपमा रहेका शंखधर साख्वाले आफ्ना सम्पत्तिबाट गरिब रिण तिरिदिएर दास मुक्त गरेका थिए ।

झिगु गोजिपात्रोको सम्पादक हरेराम कर्माचार्यका अनुसार नेपाल संवत्‌ एक साधारण व्यक्ति अझ तल्लो तहको उल्पीडित जातिका राष्ट्रिय बिभूति शंखधर साख्वा:ले स्थापना गरेको संवत्‌ भएको बताए ।उनले नेपाल सम्बत कुनै राजा, महाराजा सामन्त वा ऐतिहासिक महापुरूषले विजयको स्मरण वा राज्यारोहणको खुशिलायीमा चलाएको संवत नभई यो त सामान्य व्यक्तिले कुनै प्रकारले अप्रत्यासित रूपमा धन प्राप्त गरि, उक्त धन राजाको स्वीकृति लिई गरिव जनताको ऋण मोचन गरि दाश मुक्त गरिदिए र लोक कल्याणमा सदुपयोग गरी उपकार र दानशिलताको परिचय दिएको नेपाल संवत्‌ भएको दाबी गरिएको छ ।

नेपाल संवत्‌ले स्थापना काल देखि ८८८ वर्ष सम्म अनवरत राज्य स्तरको संवत्‌को रूप धारण गर्न सफल भएको थियो । तथापी २४० वर्षे एकात्मक सासन र आधिकारिक रूपमा विक्रम संवत्‌ भित्र्याउने काम राणा प्रधानमन्त्री चन्द्र शमशेरले वि.सं.१९६० गरि नेपाल संवत्लाई कुण्ठित बनाई ओभेलमा पार्ने काम गरेको आरोप छ । बि.स. २०१५ सालमा मुलुकमा जनताको शासन शुरूवात भए पछि मौलिक नेपाल संवत्‌ले पुनः राष्ट्रिय संवत्‌को मान्यता प्रदान गर्‍यो ।

नेपाल संवत्‌का यिनै ऐतिहासिक तथ्यहरूलाई स्वीकार गर्दै तत्कालिन श्री को सरकारले नेपालका राष्ट्रिय विभूतिहरूको सूचिमा नेपाल संवत्‌का संस्थापच्,शंखधर साख्वा: लाई २०५६ मंसिर २ गते राष्ट्रिय विभूति घोषित गरेको ।त्यसपछि २०६० कार्तिक ९ गते उनको चित्र अंकित हुलाक टिकट प्रकाशन भयो ।राष्ट्रपतिको स्वकि सचिवालय, प्रधानमन्त्री, एवम्‌ नेपाल पञ्चाङ्गनिर्णायक समितिका अध्यक्ष, प्रा.डा.माधव भट्टराई र संस्कृतिविद सत्यमोहन जोशीको शुभकामना मन्तव्य रहेको नेपाल पञ्चाङ्गपत्र, नेपाल संवत्‌ ११२९ (२०६५) प्रकाशनमा आयो । तर हालसम्म व्यवहारमा भने सरकारले लागू गर्न सकेको छैन ।
हरेराम कर्मचार्यका अनुसार ब्रहम वाक्यम्‌ जनार्दनम्‌: (बाहुनको मुखनै सर्वोपर्री हुन्छ) भनेर बाहुनले भनेको आधारमा श्राद्ध एवम्‌ अन्य कर्मकाण्डहरू गर्ने नेपालीहरूलाई बाहुन पुरेतले नै तिथिलाई प्रधानता दिने तर नेपाल संवत्‌ वारे हालसम्म पनि स्पष्ट पार्न नसकेको जनाएको छ ।
कार्यक्रममा प्रदेश १ सांसद सावित्री जोशी,चन्द्रबहादुर श्रेष्ठ,धरान उपमहानगर प्रमुख तिलक राई राजनीतिक दलका प्रतिनिधिहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागी रहेका थिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार