बलिहाङ तङ्नामको अवसरमा ब्याडमिन्टन आयोजना

धरान / आदिवासी मुलबासिको समेत चाड मानिएका बलिहाङ तङ्नाम दिपावलिको अवसरमा धरानमा ब्याटमिन्टन खेलको आयोजना सम्पन्न भएको छ ।

पाथिभरा ब्याट्मिन्टोन समुहको आयोजनामा नगर स्तरिय पुरुस तथा महिला ब्याट्मिन्टोन खेलको आयोजना गरिएको हो । खेलमा ४२ टिमको सहभागी थिए ।त्यसमा ३२ टिम पुरुष र १० टिम महिला को सभागिता थियो । भने महिला तर्फ सोनि मगर र रोशनि राई लाई हराउदै धरान १५ का सम्झना राई र सपना राई ले नगद पाँच हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको थियो । तेस्तै पुरुषतर्फ धरान ११ का अनिल राई र प्रदिप राईले शम्भुराई र जित बहादुर राई लाई हराउदै प्रथम बिजेता सहित २० हजार नगद सहित ट्रफी प्रमाणपत्र प्राप्त गरेको थियो भने उप बिजेताले रु १५ हजार नगद सहित ट्रफी प्रमाणपत्र पाएका थिए । त्यसैगरि ए पोल र बि पोल गरि दुबै टिमलाई तेस्रो पुरस्कार नगद रु पाँच पाँच हजार तथा प्रमाणपत्र उपलब्ध गरिएको छ।
समापन कार्यक्रम धरान उपमहानगरपालिकाका १५ वडा अध्यक्ष नरेस इवराम लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । विशिष्ट अतिथिमा केन्द्रिय ब्याट्मिन्टोन सङ्गका उपाध्यक्ष श्री शेखर लामा रहनुभएको थियो । अथितीहरु मा सुन्सरी जिल्ला ब्याट्मिन्टोन सङ्गका उपाध्यक्ष लगाएत विभिन्न सङ्ग सस्थाका ब्यक्तिहरुको उपस्थिति रहेको थियो। खेल नेपाल ब्याट्मिन्टोन सङ्गको नियन अनुसार एम्पाएर शिव कुमार राई र विमान राई ले खेलाउनु भएको थियो।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार