धरानबाट उत्तरतर्फ जाने यातायात अवरुद्ध हुँदा धरानमा यात्रु बिचल्ली

कार्तिक ३, धरान / लगातार परेको वर्षाले धरान धनकुटा खण्डको लेउतिमा कटान गरेपछि यातायात आवागमन ठप्प भएको छ । धरानबाट उत्तरतर्फ जानकालागी धरान बसपार्कमा यात्रुहरु छन । तर बाटो नखुलेको हुनाले अझै अनिश्चित भएको छ । बसपार्कमा रहेका यात्रुहरुले बाटोनखुलेको हुनाले अझै गाडी नजाने भएको बताए ।

प्रदेश नम्बर १ का सांसद आरसि तुम्बाले जिल्ला प्रशासन कार्यालय धनकुटामा बाटो आवागमनको बिषयमा बुझ्दा मध्याह्न १२ बजेपछि खुल्नसक्ने संभावना भएको कुरा प्रमुख जिल्ला अधिकारीले जानकारी दिएको बताए ।

मौसम पुर्वानुमान महाशाखाले कार्तिक ३ र ४ गते पनि वर्षा हुने जनाएको छ । बेमौसमी वर्षाका कारण देशैभरि भौतिक क्षति भएको छ। धरानमा घर भत्किदा एकै परिवारका २ जनाको ज्यान गएको छ । त्यसैगरी लगाइएको बालि थन्क्याउने बेलामा काटिएका धान डुबानमा परेको छ । नकाटिएको धान मकै सबै हावापानीले लडाएको छ ।

सुनसरी जिल्लामा अहिले बिद्युत आपूर्ति बन्द भएको छ । भारी वर्षा को कारण दुहबी ग्रिड जलमग्न भै ग्रिडबाट सबै आपूर्ति बन्द गरीएको छ । पानी पसेका कारण बिद्युत आपूर्ति हुन समय लाग्ने कुरा जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार