भिमबहादुर बिश्वकर्माको हत्याप्रती शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिकाे ध्यानाकर्षण

कार्तिक १,धरान /जनता समाजवादी शिल्पी विशेष प्रदेश समितिले  असोज २८ गते नवरात्रीको दिन दुर्गा मन्दिर अगाडि भीम बहादुर विश्वकर्माको कुटेर हत्या भएको घट्नाप्रति  गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ ।

जनता समाजवादी शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामिद्वारा प्रेस बिज्ञप्ति जारी गर्दै हत्यारालाई हदैसम्मको कार्वाही र पीडितका परिवारलाई क्षतिपूर्ति र मृतक लाई सास्कृतिक सहिद घोषणा गर्नका लागि नेपाल सरकारलाई जोडदार माग गरिएको छ ।

बिग्यप्तिमा २०६३ साल जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत मुक्त गरि समुदायको हक, अधिकार सम्बन्धी संविधानमा लिपबिद्ध भएका विषयहरू, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ तथा मानवअधिकार सम्बन्धी भए गरेका अन्तर्राष्ट्रिय सन्धी, सम्झौता गरिएको दसकौं भैसकेको छ ता पनि प्रभावकारी रुपमा कार्यान्वयन नहुदा आज देशमा जातीय छुवाछूत हत्याहिंसा व्यापक भएको उल्लेख छ ।

मिति: २०७८/०७/१
           

             विषय:- प्रेस बिज्ञप्ति
         
यहि मिति २८ गते नव रात्रिकाे दिन दुर्गा मन्दिर अगाडि भीम बहादुर विश्वकर्माको कुटेर हत्या भएको घट्नाप्रति जसपा नेपाल,शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिकाे गम्भीर ध्यानाकर्षण भएको छ ।

२०६३ साल जेठ २१ गते जातीय भेदभाव तथा छुवाछूत मुक्त गरि समुदायको हक, अधिकार सम्बन्धी संविधानमा लिपबिद्ध भएका विषयहरू, जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव (कसूर र सजाय) ऐन, २०६८ तथा मानवअधिकार सम्बन्धी भए गरेका अन्तर्राष्ट्रिय सन्धी, सम्झौता गरिएको दसकौं भैसकेको छ ता पनि प्रभावकारी रुपमा कार्यान्वयन नहुदा आज देशमा जातीय छुवाछूत हत्याहिंसा व्यापक छ  ।
जसको कारण पछिल्लोपटक चितवनको भरतपुर महानगरपालिका वडा न.४ दुर्गाचोक नजिक वर्ष ५८ का भीमबहादुर विश्वकर्मालाई दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भनि जाँदा मन्दिरमा रहेका दिलीप श्रेष्ठ र सिताराम बस्नेतले पाइप, इँटा, ढुङ्गा प्रहारबाट विश्वकर्माको मृत्यु भएको छ ।

घटना दलित समुदाय माथि हुदै आएको विभेद दमन अन्याय अत्याचार पुर्ण हत्याहिंसाकै पराकाष्ठा  दोहोरिएको हो विश्वकर्माले  दुर्गा मन्दिरमा शिल्पी (कथित दलितहरू) ले पनि पूजा गर्न पाउनुपर्छ भन्दै पहिलादेखि नै आवाज उठाउँदै अाएकाे र सो दिन त्यहाँ धार्मिक परम्परा अनुसार दुर्गा पुजाको कार्यक्रम भइरहेको थियो ।उक्त दिनमा हत्या गरिएका विश्वकर्माले दलितले पनि सो दुर्गा मन्दिरमा पूजा गर्न पाउनुपर्छ भन्ने  आवाज उठाउने क्रममा स्थानीय सिताराम बस्नेत क्षेत्रीले ‘तँ कामीले मन्दिर पस्ने कुरा गर्छस्’ भन्दै इँट्टा र पाइपले टाउकोमा हानी लछारपछार गर्दै दुर्गाचोकमा पुर्याएका थिए भने सोही विषयलाइ लिएर दुर्गा चौकमै फार्मेसी समेत खोलेर बसेका दिलिप श्रेष्ठले पुन टाउकोमा गिदी नै बाहिर निस्कने गरी बीभत्स हत्या गरेको घटना स्थाल र मृत्यक बिकका आफन्तहरुको भनाइले अनुसार जातीय हिंसा गरि हत्या गरेको ठहर छ ।

यस घटना विरूद्व  मृतक विश्वकर्माका छोरा किसान विश्वकर्माले जिल्ला प्रहरी कार्यालय चितवनमा कर्तव्य ज्यान मुद्दा अन्तर्गत अभियुक्त द्वय विरुद्ध किटानी जाहेरी दिइसकेको छन् । उक्त जाहेरी दर्ता पनि भइसकेको छ तर बिगत देखिनै दलित समुदाय माथि हुने गरेका यस्ता प्रकारका घटना,मुद्दाका बिसय बस्तुलाइ बङ्याउने तोडमोड हुने र पीडितले न्याय नपाएको सम्मका घिणित कार्य भएका थुप्रै अनुभुती रहेकाले यो घटनामा लाई पनि कम्जोर बनाउन सक्ने स्थलगत निस्कर्स हो ।  उक्त घटनाको  न्यायीक छानबिनका लागि शिल्पी( तथाकथित दलित) समुदायको नेतृत्वमा संसदीय उच्चस्तरीय छानबिन समिति बनाइ घटनाको सत्यतथ्य बाहिर ल्याइ अपराधीलाई हदैसम्मको कार्वाही र पीडितका परिवारलाई क्षतिपूर्ति र मृतक लाई सास्कृतिक सहिद घोषणा गर्नका लागि नेपाल सरकार लाई जोडदार माग राख्दछौ।

…………………..
दलमर्दन कामी
जसपा:  शिल्पी विशेष राष्ट्रिय समिति
      ( अध्यक्ष )

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार