उपेक्षित, उत्पीडित तथा दलितवर्ग उत्थान बिकास समितिलाई सक्रिय बनाउन शिल्पी विशेष राष्ट्रिय समितिको माग

काठमाडौ । देशमा करिब २० प्रतिसत शिल्पी (कथित दलित ) समुदायको शिक्षा क्षेत्रमा विशेष काम गर्दै आएको सरकारी निकाय उपेक्षित उत्पिडित तथा दलित वर्ग उत्थान बिकास समितिलाई केपी शर्मा वली नेतृत्वकाे सरकारले निष्क्रिय बनाइरहेको छ । शिल्पी समुदायको शैक्षिक क्षेत्रमा विशेष सक्रिय रहेकोले समितिलाई यथाशीघ्र सक्रिय बनाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाई राष्ट्रिय समितिले विशेष ध्यानाकर्षण र अनुरोध गरेको छ।

जसपा नेपालका केन्द्रिय कार्यकारी सदस्य समेत रहेका सङ्घीय मामिला तथा सामान्य प्रशासन नवनियुक्त मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठलाइ आज मन्त्रालयको सभाहलमा प्रत्यक्ष भेटघाट गरी बधाई तथा शुभकामना दिने क्रममा जसपाका केन्द्रिय सदस्य तथा शिल्पी विशेष राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीको टिमले सो कुराको माग राखेको अध्यक्ष दलमर्दन कामीले जानकारी गराए ।

जसपा नेपालको अवधारणा अनुसार पहिचानमा अाधारित ११ राष्ट्रिय समितिहरू मध्ये शिल्पी विशेष राष्ट्रिय समिति पनि एक हाे । भेटका क्रममा समितिका तर्फबाट अध्यक्ष दलमर्दन कामीले निम्न पाँच बुँदे माग राखेको समितिका मुख्यसचिव डीबी. नेपाली (दमु) ले बताएका छन् ।

समितिले राखेको मागहरुमा:- १) नेपाल सरकार, उपेक्षित उत्पिडित दलित वर्ग उत्थान बिकास समितिलाई यथाशीघ्र पुर्णता दिइ सक्रिय गराउनुपर्ने ।

२) नेपाल सरकार, बादी बिकास बाेर्डलाई पुर्णता दिइ सक्रिय गराउनुपर्ने ।

३) शिल्पी/ दलित समुदायको आर्थिक, सामजिक र शैक्षिक बिकासको लागि एउटा शक्तिशाली प्राधिकरण वा परिषद् काे रूपमा छुट्टै निकाय गठन गरिनुपर्ने।

४) राज्यका विभिन्न निकाय र तहहरूमा राजनीतिक नियुक्ती गरिँदा शिल्पी/दलित समुदायको सहभागितामुलक उपस्थिती सुनिश्चित गरिनुपर्ने ।

५) स्थानीय निकायमा जाने बजेट बिनियोजित गर्दा निश्चित प्रतिशत शिल्पी/दलित, सिमान्तकृत, विपन्न, पिछडिएको क्षेत्र र महिलाको लागि अनिवार्य गरिनुपर्ने । जस्ता समुदायसँग प्रत्यक्ष जाेडिएकाे माग र मुद्दाहरू सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको कार्यलय सिंहदरबारमा मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ संग माग राखिएकाे हो।

प्रस्तुत माग र मुद्दामा मन्त्री श्रेष्ठले सकारात्मक रहेको र आफूले सक्दाे पहल गर्ने बताउनुभएको भेटमा सहभागी नेता केशव बादी नेपाली बताएका छन । भेटमा सहभागी अन्य नेताहरूमा
राम बहादुर मिजार -धादिङ , रमेश विश्वकर्मा -गोर्खा
बिरेन्द्र ठाकुर -महोत्तरी, केशव बादी नेपाली – बाके, महेन्द्र बहादुर राई-उदयपुर
रमेश लावती- पाँचथर
गोमा परियार, झापा
सन्त बहादुर घताल ओखलढुंगा रहेको शिल्पी विशेष राष्ट्रिय समितिका सचिव गोमा भुसालले जानकारी गराउनुभएकाे छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार