वडा स्तरीय भेट्रान पुरुष भलिबल नौ नम्बरले जिते

धन राज राई
बराहक्षेत्र /बराहक्षेत्र नगरपालिका भित्र चालीस वर्ष भन्दा माथिको वडा स्तरीय पुरुष भेट्रान भलिबल प्रतियोगितामा वडा नम्बर ९ ले जित हासिल गरेको छ । त्यसैगरी वडा नम्बर ३ आयोजक दोस्रो भएका थिए । तेस्रो वडा नम्बर २ भए । खेल बिजेताले प्रथम पुरुस्कार-२०के जि बराबर खसि,मेडल,प्रमाण पत्र प्राप्त गरेको छ । दोस्रो बिजेताले ५ हजार बराबरको लोकल भाले,प्रमाण पत्र,मेडल र तेस्रो बिजेताले २५ सय बराबरको लोकल भाले ,मेडल,प्रमाण पत्र प्राप्त गरेको हो ।बिजेता खेलाडीलाई  समाज सेबि लक्षमण थापा,होटल ब्यब्सायी गौरी श्रेषठ र नरेश राईले पुरुस्कार बितरण गरीएको थियो ।
सोमबार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर -३ स्थित बांगेबजारमा भएको एक दिवसिय खेल सम्पन्न भएको हो । बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ को खेलप्रेमिद्वारा उक्त खेलको आयोजना गरेका थिए । खेलमा खेलमा ५ टिम वडा नम्बर २,३,६,८ र ९ ले भाग लिएका थिए । खेल लिग प्रणालीमा खेलाएका थिए ।

उक्त खेलको आयोजना वडा नम्बर ३ का भलिबल प्रति चासो राख्ने खेलाडिहरुले गरेका थिए ।खेलप्रेमी वडाबासिले समिति बनाई खेल आएको थियो।उक्त समितिमा अध्यक्ष-नारायण खत्री,सचिब-सरण पुमा राई र कोषाध्यक्ष -मुकुन्द श्रेषठ ,सदस्य-राज कुमार राई,नरेश राई,राम कुमार राई,लगायत रहेका छन ।

प्रथम पुरुस्कार को लागि-बराहछेत्र नगर पालिका ३ नम्बर वडा कार्यलयले प्रायोजन गरेका थिए । दोस्रो पुरुस्कारको लागी-भरौल बाल मन्दीर सेकेन्डरी इङ्लिस स्कुल नडाह र तेस्रो स्थानको लागि-कालिन्द्र सामुदायिक वन उपभोक्त समिति वडा नम्बर ३ ले प्रायोजन गरेका हुन ।
त्यसै गरी प्रमाण पत्र र मेडल को लागि -बराह डिजिटल नेट्वर्किङ प्रा लि नडाहले सौजन्य गरेका थिए भने लगुन एग्रीकल्चर रिसर्च सेन्टर प्रा लि बराहछेत्र ८,सुम्निमा होटल कालाबन्जार ५,एमिया गृल आल्मुनियम उधोग एउड ग्लास हाउस बराहछेत्र ७ लगायत का संघ सस्था र अरु अन्य समाज सेबि हरु ले पनि सहयोग गरेका थिए। खेल अवधिभर रेफ्रीको लागि प्रमुख दिनेश राई र सहायक नरेन्द्र मगरले गरेका थिए ।मोहन राईले संचालन गरेको कार्यक्रम नारायण खत्रीद्वारा समापन गरेका थिए ।

 

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार