भिम आचार्य सरकार विरुद्ध पाँच दल

असोज २५, धरान । भिम आचार्य नेतृत्वको एक नम्बर प्रदेश सरकार विरुद्ध पाँच दलिय गठबन्धनले असंवैधानिक कदम भएको भन्दै घोर भर्त्सना गरेको छ ।

पाँच दलको सोमबार संयुक्त बैठक पश्चात् चार बुँदे निर्णयलाई सार्वजनिक गर्दै भत्सर्ना गरिएको छ । पाँच दलिय गठबन्धनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंच,जनता समाजवादी पार्टी नेकपा समाजवादी नेकपा माओवादी र नेपाली काङ्ग्रेस रहेका छ्न । बिज्ञप्तिमा संविधानमा ३० दिन भित्र बिश्वासको मत लिनुपर्ने स्पष्ट हुँदाहुँदै बिश्वासको मत नलिएर संविधान बिपरित असंवैधानिक भएको जनाएको छ ।

त्यसैगरी सभामुखले २५ गते नै संसदको बैठक बोलाएर मिति परिवर्तन गरि सूचना टाँस गर्नु सभामुख पनि असंवैधानिक कदमको सारथि भएको आरोप लगाएको छ । अल्पमत सरकारले बिश्वासको मत समेत नलिएको अवस्था राजनीतिक नियुक्ति गर्नु कर्मचारी नियुक्ति सरुवा बढुवा गर्नु आर्थिक भार पारेको भन्दै गठबन्धन सरकारले सबै खारेज गर्ने जनाएको छ।

 

                      प्रेस नोट
आज मिति २०७६८/०६/२५ गते प्रदेश सभा, प्रदेश नं, १ करा हामी विपक्षी गठबन्धन आवद्ध दलका नेताहरुको बैठक बसी तपसिल बमोजिमको निर्णय गरियो ।

१. नेपालको संविधानको धारा १८८ (२) बमोजिम प्रदेश सरकारले दल विभाजन भएपछि ३० दिनभित्र बिश्वासको मत लिनुपर्ने स्पष्ट हुँदाहुँदै संविधान विपरित गएकोले सरकारको असंवैधानिक कदमको घोर भर्त्सना गर्दछौं।

२.कार्यपालिकालाई लगाम लगाउने व्यवस्थापिकाको सभामुखबाट नै २५ गतेलाई बोलाइसकेको बैठक मिति परिवर्तन गरी सूचमा टाँस्नु आश्चर्यजनक र सरकारको असंब्रैधानिक कदमको सारथी भएको प्रष्ट । अत: यस्तो असंवैधानिक कदमको सांक्षी किनारा नवस्न सभामुखज्यूलाई सचेत गराउँदछौँ।

३. जन्मिदै अल्पमतमा परेको संविधानत; विश्वासको मत समेत नलिई असंवैधानिक भइसकेको सरकारले राजनैतिक नियुक्तिहरु, कर्मचारी नियुक्ति तथा सरुवा वढ्वा एकमुष्ट राखिएको बजेटको कार्यकर्ता गरिएको, दिर्घकालीन आर्थिक भारपर्ने कार्यहरु गरिरहेको प्रति गठवन्धन दलको गम्भीर ध्यानाकर्षण भएको छ। अतः नयौं सरकार गठनसँगै सम्पूर्ण असंवैधानिक र गैरकानूनी निर्णयहरु खारेज गरिनेछ।
४. संवैधानिक ट्रैसियत गुमाइसकेको वर्तमान सरकारले गर्ने कुनै पनि निर्णय तथा कार्यान्वयन प्रक्रियामा सहभागी एवं संलग्न नहुन सम्पूर्ण राष्ट्रसवक कर्मचारीहरुमा अनुरोध गर्दछौं।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार