पत्रङ्गबारी बासीको सहयोगमा प्रहरी चौकी भवन निर्माण

असोज २३, (पत्रङबारी )धरान ।धरान उपमाहानगरपालिका वडा नम्बर ४ पत्रङ्गबारीमा स्थानीयबासी र धरान उपमहानगर पालिकाको सहयोगमा पाचकोठे अस्थायी प्रहरी चौकी निर्माण कार्य सम्पन्न गरि उद्घाटन भएको छ।

शनिबार एक कार्यक्रमका बीच प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले उदघाटन गरिएको छ।

चौकी भवन निर्माणका लागि धरान उपमहानगरपालिकाबाट रु तीन लाख स्थानीय बासी बाट रु ४ लाख ७३ हजार पाँच सय जनसहभागीताबाट दुई लाख चालीस हजार गरि जम्मा रु. १० लाख १३ हजार पाच सय लागतमा भवन निर्माण कार्य सम्पन्न भएको थियो । उक्त भवन निर्माण को लागि नेता समाजसेवी सम्राट क्षेत्री ले ३ कठा १ धुर जग्गा उपलब्ध गराई पत्रङ्गबारीमा अस्थायी प्रहरी चौकी स्थापना सम्बभ भएको थियो ।

उदघाटन कर्यक्रमको प्रमुख अतिथीमा धरान उपमहानगरपालिकाका मेयर तिलक राई तथा विशेष अतिथीमा इलाका प्रहरी कार्यलयका प्रमुख डिएसपी नरेन्द्र कुवर र अतिथीमा धरान उपमहानगर ४ नम्बर वडा सदस्य धन बहादुर राईको उपस्थिति रहेका थिए ।

कार्यक्रमा बोल्दै मेयर राईले यो जनस्तरबाट प्रहरी चौकी भवन निर्माण हुनु सराहनीय कार्य भएको बताए । यस्ता कार्यको लागि नगरको साथ सधै रहने बाचा गर्नु हुँदै जग्गा उपलब्ध गराउनु हुने व्यक्ती र स्थानीय बासी प्रती सम्मान व्यक्त गर्नु भयो। इलाका प्रहरी कार्यलयका प्रमुख डिएसपी नरेन्द्र कुवरले प्रहरी र जनता नङ्ग मासु को जस्तै सम्बन्ध हुनुपर्छ त्यसको उदाहरण पत्रङ्गबारी बासी जनताले प्रमाणीत गरेको बताउदै प्रहरीको कर्तव्य पूरा गर्ने कुरा बताउनुभयो। संयोजक टंक रानामगरले अस्थायी प्रहरी चौकी आएदेखि अपराधिक घटना कम भएको र यहाँको जनताले सुरक्षा को अनुभूति पाएको बताउदै जग्गा दाता सम्पुर्ण सहयोगीहरु लाई आभार व्यक्त गर्नु भयो।

सोही अवसरमा जग्गा दाता सम्राट क्षेत्रीलाई सम्मान गरेका थिए । अस्थायी प्रहरी चौकी निर्माण समितीमा अध्यक्ष टंक राना मगर, सचिव गणेश बजगाई, उपध्यक्ष कमला आचर्य, सदस्यहरु बिनोद राई, देव राज दुमी, चन्द्रमान श्रेष्ठ, नवीन कुलुङ, युवाराज कुलुङ्ग रहेका थिए।

कार्यक्रमको सभापती निर्माण समिती का अध्यक्ष टंक राना मगरले गरेका थिए ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार