शेरबहादुर नेतृत्वको सरकारले तीन महिनामा पुर्णता पायो

असोज २२,धरान / करिब तीन महिनापछि संघीय सरकारमा मन्त्री परिषदले पुर्णता प्राप्त गरेको छ।
राष्ट्रपति कार्यालयबाट २२ गते जारी गरिएको प्रेस बिज्ञपति अनुसार प्रधानमन्त्री शेरबहादुर देउबाको नेतृत्वमा बनेको सरकारले २०७८ असार २९ गते गठित मौजुदा मन्त्री परिषदमा संविधानको धारा ७६ को उपधारा (९) तथा धारा ७८ को उपधारा (१) बमोजिम सिफारिसमा जिम्मेवार हेरफेर तथा कार्यबिभाजन गरि मन्त्री परिषदको गठन गरिएको जनाएको छ।

नेपाली काङ्ग्रेस शेरबहादुर देउबाको नेतृत्वमा नेकपा माओवादी , नेकपा समाजवादी,जनता समाजवादी पार्टी सहितको गठबन्धन सरकार नेको छ । गठबन्धन सरकारलाई मन्त्रालयको भागबण्डामा अल्झिएपछी अन्त्यमा भागबन्डा
मिलेर सरकारले पुर्णता पाएको छ।
कांग्रेसबाट भएका मन्त्री र मन्त्रालय
बालकृष्ण खाँण – गृह मन्त्रालय
नारायण खड्का –परराष्ट्र मन्त्रालय
ज्ञानेन्द्रबहादुर कार्की –सञ्चार, सूचना तथा प्रविधि
दिलेन्द्र बडु– कानुन न्याय तथा संसदीय मामिला
उमा रेग्मी–महिला बालबालिका तथा ज्येष्ठ नागरिक–
मिनेन्द्र रिजाल–रक्षा मन्त्रालय
उमाकान्त चौधरी– खानेपानी मन्त्रालय
गजेन्द्र हमाल– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय

माओवादी केन्द्रबाट बनेका मन्त्री र मन्त्रालय
अर्थ मन्त्रालय – जनार्दन शर्मा
शिक्षा विज्ञान तथा प्रविधि– देवेन्द्र पौडेल
ऊर्जा मन्त्रालय – पम्फा भुसाल
भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण– शशि श्रेष्ठ
युवा तथा खेलकुद मन्त्रालय– महेश्वर गहतराज

जनता समाजवादीबाट भएका मन्त्री र मन्त्रालय
भौतिक पूर्वाधार तथा यातायात – रेणु यादव
संघीय मामिला तथा सामान्य प्रशासन– राजेन्द्र श्रेष्ठ
वन तथा वातावरण– रामसहाय यादव
कृषि तथा पशुपन्छी विकास– महेन्द्र राय यादव

नेकपा एकीकृत समाजवादीबाट बनेका मन्त्री र मन्त्रालय
संस्कृति पर्यटन तथा नागरिक उड्डयन–प्रेम आले
श्रम रोजगार तथा सामाजिक सुरक्षा– कृष्णकुमार श्रेष्ठ (किसान)
सहरी विकास मन्त्रालय– रामकुमारी झाक्री
स्वास्थ्य तथा जनसंख्या– विरोध खतिवडा
स्वास्थ्य राज्यमन्त्री – भवानीप्रसाद खापुङ

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार