महत्त्वपूर्ण निर्णयहरु गर्दै शिल्पी विशेष समितिकाे बैठक सम्पन्न

नरेश विश्वकर्मा
ईटहरी, १६ असाेज /जनता समाजवादी पार्टी नेपाल शिल्पी विशेष समिति प्रदेश १ काे बैठक यहि असाेज १६ गते सम्पन्न भएकाे छ । समितिका अध्यक्ष नरेश विश्वकर्माकाे अध्यक्षता एवम् शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका अध्यक्ष दलमर्दन कामीकाे प्रमुख अातिथ्यमा सम्पन्न भएकाे विशेष बैठकले पार्टीद्वारा संचालित सुदृढीकरण तथा जनजागरण अभियानलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण निर्णयहरु गरि सार्वजनिक गरेकाे छ । जस अनुसार शिल्पी विशेष प्रदेश राष्ट्रिय समितिका उपाध्यक्ष ज्ञानकुमार परियारकाे संयाेजकत्वमा पछि थप गर्नेगरि ११ सदस्यीय सचिवालय समिति गठन गरेकाे छ । समितिका सदस्य सचिवमा समाजवादी दलित मुक्ति संगठन प्रदेश १ का अध्यक्ष वालकुमार मुदेल, सदस्यहरुमा गाेमा भूसाल (झापा) नरेश विश्वकर्मा (सुनसरी), धनिकलाल खत्वे (सुनसरी) , माेहन विक (उदयपुर), बुद्ध बराईली (झापा), मनकुमार विक (झापा), तिलक मुदेल (खाेटाङ्ग) शाेभा हरिजन (माेरङ्ग) र मणिराम घतानी (सुनसरी) रहेका छन् । समितिले सबै जिल्ला समन्वय समितिसंग सहकार्य गरि अभियानमा शिल्पी /दलितहरुकाे उल्लेख्य उपस्थिति गराउने निर्णय गरेकाे छ ।

त्यसैगरि पार्टी प्रदेश समितिको गठन पुनर्गगठन गर्दा समितिमा शिल्पी समुदायको पदाधिकारी सहित सदस्यमा समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गर्न गराउन जोडदार माग गर्ने निर्णय समेत गरेकाे छ ।

त्यसैगरी प्रदेश १ मा शिल्पी/दलित मुक्ति संगठनलाई १४ वटै जिल्लामा आगामी कार्तिक मसान्त भित्रमा गठन गर्ने र मङ्सिरको दोस्रो हप्ता भित्रमा शिल्पी विशेष समिति १ नम्बर प्रदेशको प्रदेश स्तरिय भेला कार्यक्रम गर्ने निर्णय पनि गरेकाे छ ।

टिप्पणी गर्नुहोस

Discussion about this post

ताजा अपडेट

लोकप्रिय

सम्बन्धित समाचार